मङ्गलबार, १५ जुलाई २०२५

माननीय सोविता, यसकारण समाचार बन्यो तपाईंको विवाह !

बिएल संवाददाता

बिएल संवाददाता

अमेरिका
2023-06-03 01:12:00
News Image
• • •

सोविता गौतम र गृहेन्द्र घिमिरेले विवाह गरे।

नेपालमा हजारौँ सोविता छन्, हजारौ गृहेन्द्र छन् र वालिग भएपछि उनीहरूको विवाह हुन्छ, यो स्वभाविक प्रक्रिया हो। तीमध्ये कोही सोविता गौतमले गृहेन्द्र घिमिरेसँगै विवाह गरेको पनि हुन सक्छ। 

यो पनि असमान्य घटना हुँदैन। त्यसैले यसमा पनि कुनै समाचारका अवयव या गुण हुने कुरो भएन।

तर, जब कुनै सोविता गौतमसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक, केन्द्रीय सदस्य र नेपालको संघीय सांसद भन्ने पद जोडिन्छ, उनी समान्य व्यक्ति नभएर सार्वजनिक व्यक्तित्व बन्छिन्। त्यसपछि उनको विवाह पनि स्वभावत: सार्वजनिक चासोको विषय बन्छ। अनि मानिसलाई जान्ने रहर हुन्छ, कोसँग विवाह गरिन्? कस्तो मानिससँग विवाह गरिन्? कसरी विवाह गरिन्? विवाहमा को को थिए? आदि इत्यादि।

अझ, त्यसमाथि पनि सोविताजस्ती कन्याकुमारीले अर्काको श्रीमान् भैसकेको व्यक्ति, त्यसमाथि पनि दुईजना छोराछोरी भैसकेको व्यक्तिसँग विवाह गरिन् भन्दा जनताको चासो दुईगुना बढ्छ। अझ अगाडि बढ्दै जाँदा उनको बेहुला त राजनीतिक रूपमा माओवादी भएको भने पछि मानिसमा अरू कौतुहलता थपिन्छ। त्यति मात्र हैन, उनको बेहुला त नेकपा माओवादी प्रचण्ड नजिकको मान्छे भनेपछि मानिसमा कौतुहलता मात्र बढ्दैन, विरोधाभास पनि सुरू हुन्छ।

जब कुनै विषय सामान्य नभएर असामान्य हुन्छ, त्यसमा स्वभावत: सार्वजनिक चासो बढ्छ। सार्वजनिक चासोको विषयसँग सामाचारका अवयव वा गुण पाइन्छन्, अनि त्यो समाचार बन्छ। यी सबै पृष्ठभूमीका कारण अहिले सोविता गौतमको विवाह समाचार बनेको हो।

समाचार स्वभावत: दुई खालका हुन्छन्, हार्ड न्युज र सफ्ट न्युज। जुन समाचारले पाँच डब्लु (के, कहाँ, को, किन, कहिले ) र एक एच (कसरी) को उत्तर उल्टो पिरामिड शैलीमा दिन्छ, त्यो हार्ड न्युज हो। सूचनाप्रधान यस्तो समाचारको डेडलाइन हुन्छ, त्यसैले यस्तो समाचारलाई हतारमा लेखिने साहित्य पनि भनिन्छ। 

सोविताको विवाहका बारेमा पनि हतारमा यस्तो साहित्य लेखी सकियो–

रास्वपाकी सांसद सोविता घिमिरेको विहीबार काठमाडौंमा गृहेन्द्र घिमिरेसँग विवाह भयो। चितवन निवासी माओवादी युवा नेता घिमिरे व्यवसायी हुन्। उनी गृष्मा ब्रोडकास्टिङ र हिमालय कन्स्ट्रक्सनसँग सम्बन्धित छन्।

सोविताको यो पहिलो विवाह भए पनि घिमिरेको भने दोस्रो विवाह हो।

घिमिरेकी पहिलेकी श्रीमती तर्फका एक छोरा र एक छोरी छन्। छोरी हाल अमेरिकाको टेक्सासमा रहेकी पहिलेकी श्रीमतीसँगै रहे पनि छोरा भने गृहेन्द्रकै घर चितवनमा रहेको बताइएको छ।

पार्टीलाई समेत जानकारी नदिई सुटुक्कै गरिएको यो विवाहपछि सोविता सुहागरातका लागि जापान उडेकी छिन्।

यति नै हो हार्ड न्युज।


रास्वपाकी सांसद सोविता घिमिरेको विहीबार काठमाडौंमा गृहेन्द्र घिमिरेसँग विवाह भयो। चितवन निवासी माओवादी युवा नेता घिमिरे व्यवसायी हुन्। उनी गृष्मा ब्रोडकास्टिङ र हिमालय कन्स्ट्रक्सनसँग सम्बन्धित छन्।

सोविताको यो पहिलो विवाह भए पनि घिमिरेको भने दोस्रो विवाह हो।

घिमिरेकी पहिलेकी श्रीमती तर्फका एक छोरा र एक छोरी छन्। छोरी हाल अमेरिकाको टेक्सासमा रहेकी पहिलेकी श्रीमतीसँगै रहे पनि छोरा भने गृहेन्द्रकै घर चितवनमा रहेको बताइएको छ।

पार्टीलाई समेत जानकारी नदिई सुटुक्कै गरिएको यो विवाहपछि सोविता सुहागरातका लागि जापान उडेकी छिन्।

अब यही हार्ड न्युजमा रहेका सूचनाका आधारमा पिरामिड सुल्ट्याएर बिना डेडलाइनको जनअभिरूचिलाई सम्बोधन गर्ने खालको समाचार अर्थात् सफ्ट न्युज लेख्ने क्रम सुरू हुनछ।  त्यस्तो समाचारमा एंगल पनि हुन्छ। यो विवाहलाई कसरी लिने? यसले समाजमा के कस्तो प्रभाव पार्छ? सोविताको राजनीतिक ग्राफलाई असर पर्छ कि पर्दैन? आदि इत्यादिको विश्लेषण गरिन्छ। त्यसमा सोविताको पार्टीले बोकेको दर्शन, यसअघि उनले विभिन्न विषयमा व्यक्त गरेका धारणा पनि सन्दर्भका रूपमा आउँछन्।

यही एंगलका कारण अहिले नेपाली जनमत ध्रुवीकरण भएको छ। त्यसको मूलआधार रास्वपाको लाइन नै हो। रास्वपालाई मन पराउने अधिकांशले यसलाई व्यक्तिगत कुरा भएको बताएका छन्। प्रेम जुन दलको मान्छेसँग पनि हुने र जुन स्टाटसको मान्छेसँग पनि हुने भन्ने उनीहरूको वचाउ तर्क हो। तर, केही रास्वपा समर्थकलाई उनले रोजेको बेहुलाको पृष्ठभूमी मन परेको छैन। यद्यपि, केहीले आफ्नो मत राखे पनि अलोकप्रिय हुने डरले धेरैले आफ्नो मत राखिरहेका छैनन्।

उता, सोविताको विवाहलाई लिएर आलोचनात्क रहेका वा विपक्षमा रहेका मानिस भने उनले रोजेको बेहुलाको राजनीतिक, पारिवारिक र व्यावसायिक पृष्ठभूमीतिर बढी तानिएका छन्। राजनीतिको कुरा गर्दा सोविता रास्वपाकी संस्थापक हुन् भने उनको बेहुला माओवादी अध्यक्ष प्रचण्डको परिवार निकट  रहेको बताइन्छ ।

सामान्यत: एउटा पार्टीकी संस्थापकले अर्कै पार्टीको सुप्रिमोको परिवार निकट युवासँग विवाह गर्दैनन्। किनकि विवाह एक पारिवारिक संस्था पनि हुने भएकाले त्यसको सफल सञ्चालनका लागि विचार प्रधान हुन्छ। त्यसमाथि पनि राजनीतिक विचार त विचारको पनि राजा नै हुन्छ।

पारिवारिक पृष्ठभूमिको कुरा गर्दा सोविताले रोजेका बेहुला बिबाह गरेर पनि दुई सन्तानको बाबु भैसकेका व्यक्ति हुन्। यद्यपि, उनको पहिलेको श्रीमतीसँग पारपाचुके भैसकेको भनिएको छ। 

यहीनेर पनि सोविताको छनोट आलोचनामुक्त छैन । 

व्यावसायिक कुरा गर्दा सोविताको बेहुला उनले नै बुबा भन्ने गरेका प्रचण्ड र दिदी भन्ने गरिएकी रेनु दाहालको नाम लिएर गृष्मा ब्रोडकास्टिङ र हिमालयन कन्स्ट्रक्सनका नाममा व्यवसाय चलाउँदै आएको बताइन्छ । यी दुबै व्यवसायलाई लिएर पनि विभिन्न थरिका भनाइ सार्वजनिक भएका छन् ।

यहीनेर एक सुशासनको वकालत गर्ने सांसदको जीवनसाथी छनौटचाँहि पनि प्रश्न उठाउने पाइएका छन् ।

जे होस्, माननीय सोविताको विवाह अहिले चर्चाको विषय भएको छ। यसले अहिले माइक्रोब्लगिङ साइट ट्विटरमा महत्वका साथ ठाउँ पाएको छ भने फेसबुक पनि तातिएकै छ।

तर, यहीबेला सोविता भने आफ्ना बेहुलासँग जापानमा सुहागरात मनाइरहेको बताइएको छ। उनले पार्टीलाई विवाहका बारेमा कुनै जानकारी नदिए पनि जापान जाने कुरालाई भने व्यक्तिगत रूपमा घुम्न जान लागेको भनेर बताइएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?