टर्कीको निर्वाचन बोर्डद्वारा आधिकारिक रूपमा एर्दोगानको जीत घोषणा

टर्की। टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ। मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्किएमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए।

मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष अहमत येनरले पत्रकारहरूलाई बताउनुभएको छ। एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका छन्। उनले टर्कीको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र–वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन्।

उता प्रत्यासी किलिचदारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए। मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो। एर्दोगानले शनिबार संसद्मा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने छन्। सांसदहरूले शुक्रबार संसद्मा शपथ लिँदै छन्।

प्रकाशित मिति: : 2023-06-02 06:07:00

प्रतिकृया दिनुहोस्