भारतको नक्सामा लुम्बिनी राखिएकाेमा सन्जिप राईकाे विरोध

सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेको भारतीय संसद भवनमा राखिएको भारतको नक्सामा लुम्बिनी राखिएपछि विरोध गरेका छन्।

प्रवक्ता राईले सामाजिक सञ्जाल फेसबुकमा 'देशको प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको सम्मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापक विरोधमा बीच भारतीय नयाँ संसद भवनको उद्घाटन गरेका छन्। उक्त भवनमा राखेका नक्सामा महाभारतकालीन नामहरुका साथ हाम्रो देशको लुम्बिनीलाई समेत समावेश गरेका छन्। लुम्बिनी नेपालको हो, गौतमबुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा मोदीलाई हेक्का रहोस्। मोदीको यो कदमले सार्वभौम नेपाल र नेपालीको इज्जतमा ठुलो चोट पुगेछ साथै नेपाल सरकारको मौनताले लज्जित तुलाएको छ। यो विषयलाई सामान्य लिनु हुँदैन। नेपालीहरुको स्वतन्त्रता र सार्वभौमिकतालाई अक्षुण राख्न सबैले आ-आफ्नो तहबाट बोलौँ, प्रतिवाद गरौं। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे....!' भनी उल्लेख गरेका छन्।

यही जेष्ठ १७ गते नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत सरकारको औपचारिक भ्रमण गर्दै छन्।

प्रकाशित मिति: : 2023-05-29 19:05:00

प्रतिकृया दिनुहोस्