उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

बिएल संवाददाता

इस्लामावाद
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन्। 

प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका  प्रहरी घाइते भएका छन्।

आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ। घाइते प्रहरीहरूको नजिकैको अस्पतालाम उपचार जारी छ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। प्रदेशका १२ जिल्लामा पाँच वर्षमुनिका ३५ लाखभन्दा बढी बालबालिकालाई खोप खुवाउने उद्देश्यले सोमबारदेखि पाँच दिने पोलियो अभियान शुरु भएको छ।

विश्व स्वास्थ्य सङ्गठनको भर्खरैको रिपोर्ट अनुसार जनवरी २०२१ देखि पाकिस्तानमा रिपोर्ट गरिएका सबै नयाँ पोलियोका घटनाहरू खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागका रहेका छन्।  

प्रकाशित मिति: : 2023-05-25 19:23:00

प्रतिकृया दिनुहोस्