दुबईको ‘याक एण्ड यति एभरेष्ट’मा ‘सकम्बरी साँझ’ हुने

File photo
File photo

दुबईको चर्चित क्लब ‘याक एण्ड यति एभरेष्ट’मा ‘सकम्बरी साँझ’ हुने भएको छ। चर्चित गायक तथा सर्जक प्रकाश सपुतको टाेलीकाे सहभागीतामा आगामी जुन ३ तारिख शनिबारको दिन ‘सकम्बरी साँझ’ हुने आयोजक याक एण्ड यति एमरेष्टले जनाएको छ।

आयोजकका अनुसार ‘सकम्बरी साँझ’मा सकम्बरी गीतका गायक सपुत, अभिनेत्री कुशुम शर्मा (सकम्बरी) र सह-निर्देशक सुनिल विकको प्रस्तुति रहनेछ।

गायक सपुतको क्रेज र सकम्बरी गीतको चर्चापछि दर्शकहरुको मागअनुसार यो विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रममा सपुत, शर्मा र विकको सामूहिक तथा छुट्टाछुट्टै प्रस्तुति रहनेछ।

गायक सपुतले सफल्ताको सुरुवातीमा यस क्लबमा गाउने गर्थे। अहिले उच्चसफलता हासिलपछि सपुतले पुन: यही क्लबमा प्रस्तुति दिन लागेका हुन्। प्रकाशले आफ्नो सांगितिक करियरको शुरुवात ताका  यस क्लबमा करिब ६ महिना काम गरेका थिए।

अहिले संगितिक सफलतापछि फेरि सोही स्थानमा कार्यक्रम गर्न लागि आफू उत्साहित रहेको प्रकाशले बताए। ‘त्यो स्टेज र दुबईमा रहेका नेपालीहरुसँग मेरो पुरानो नाता छ। मलाई नेपालपछि मन पर्ने देश दुबई हो। यसपाली यात्रामा आफ्नो जन्म दिने आमालाई पनि लिएर जाँदैछु। मेरो पनि पहिलो विदेश भ्रमण दुबई नै थियो,’ सपुतले भने।

सपुतले याे भ्रमणमा आफ्नी आमालाई पनि सँगै दुबई लैजाँदैछन्।

प्रकाशित मिति: : 2023-05-23 16:57:00

प्रतिकृया दिनुहोस्