म पहिलाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएकाे थिएँ। त्याे हारले मलाई कमजाेर हाेइन, बलियाे बनायाे। त्यसबेला मैले जनताकाे सेवा अझै गर्न सकिनछु भनेर समीक्षा गरेँ। त्यसपछि मेराे काम सुरु भयाे। मैले जनतासँगकाे सामिप्यता बढाएँ। परिणाम मलाई जनताले अझ बढी सेवा गर्ने माैका दिएर पालिका सरकारकाे प्रमुख बनाएर पठाइदिए।
हामीले चुनावताका जनताकाे बीचमा व्यक्त गरेकाे प्रतिबद्धता पत्रकै आधारमा कामलाई अगाडि बढाएका छाैं। जुनसुकै राजनीतिक पार्टीबाट विजयी भएर आएका भएपनि हामी सबैकाे लक्ष्य एउटै छ, हिमा गाउँपालिकालाई उत्कृष्ट र नमुना बनाउने। याे साेचलाई जनताकाे अपार माया र साथ रहेकाे छ। त्यसैले हामीले अपेक्षाकृत काम गर्न सकेका छाैं। याे रफ्तार कायम राखिराख्नु हाम्राे दायित्व हाे।
हिजो हामी जनताको अधिकारको लागि आवाज उठाउने मात्रै गर्थ्याैं। त्यसबेला हामी सरकारका राम्रा कामकाे समर्थन र नराम्रा कामकाे विराेध गर्थ्याैं। त्यस अलवा राजनीतिक पार्टीकाे जिम्मेवारीमा रहेकाे हुनाले सांगठनिक गतिविधिमा पनि सक्रिय रह्याैं। आपतविपतमा जनताकाे घरदैलोमा पुग्ने बानीकै कारण अहिले जनताकाे मतबाट स्थानीय सरकारकाे जिम्मेवारी पाएका छाैं।
जनताले दिएकाे जिम्मेवारीकाे भारी गह्रुङ्गाे छ। तर, बाेक्न नसकिने खालकाे छैन। सक्छ भनेर नै त्याे भारी मेराे जिम्मा लगाइएकाे हाे। याे भारीभित्र जनताकाे जीविका, स्वास्थ्य उपचारकाे बन्दाेबस्त, सबैकाे पहुँचमा शिक्षा, उत्पादनमार्फत राेजगारीकाे सुनिश्चिततालगायत महत्वपूर्ण कुराहरु छन्।
गुणस्तरीय शिक्षा र स्तरीय स्वास्थ्यका उपचारकाे बन्दाेबस्त गर्ने मामलामा हिमा गाउँपालिका सफल भइसकेकाे छ। जनताले सामान्य खालकाे उपचार घर आँगनमै पाइरहेका छन्। जटिल खालका स्वास्थ्य समस्या आएमा पालिकाले प्रतिष्ठानमा उपचारकाे बन्दाेबस्त गर्ने वचन दिएकाे थियाे। तर हालसम्म त्यस्ताे समस्या आएकाे छैन।
जबसम्म जनताले प्रत्यक्ष रुपमा लाभ लिन पाउँदैनन्, तबसम्म जिम्मेवारी पूरा भएकाे मानिँदैन। स्थानीय सरकार जनतालाई प्रत्यक्ष लाभ दिनलाई नै निर्माण गरिएकाे हाे। हामी त्यही गरिरहेका छाैं।
हामीले पदभार ग्रहण गरेकै दिन सबै नागरिककाे नि:शुल्क स्वास्थ्य बिमा गरिदिने घाेषणा गरेका थियौं। पछि धेरै घरपरिवारले आफैँ स्वास्थ्य बिमा गरेकाे पायौँ। तथापि कमजोर आए भएका र स्वास्थ्य बिमाकाे पहुँचमा नपुगेका सबैलाई वडामार्फत बसमा गरिदिने कार्यक्रम लागु भएकाे छ। बिमा कार्यक्रम प्रभावकारी रुपमा लागू नहुन्जेल हामीले बिरामी पर्ने हरेक नागरिकलाई नि:शुल्क उपचारकाे बन्दाेबस्त मिलाउन सक्यौं। यसबाट धेरै जनाले प्रत्येक्ष लाभ लिन पाए।
हामीले स्वास्थ्य शिविर सँगै आँखा शिविर पनि सञ्चालन गर्याैं। स्वास्थ शिविर हरेक तीन-तीन महिनामा गरी नै रहेका छाैं। दुबै शिविरबाट उल्लेख्य उपलब्धि भयाे। स्वास्थ्य शिविरले तत्काल शल्यक्रिया गरेन। तर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाेलायाे। शिविरबाट थुप्रै बिरामीले सेवा लिए। औषधिकाे व्यवस्था पनि गर्याैं। आगामी दिनमा पनि यसकाे निरन्तरता दिइ नै रहनेछाैं।
आँखा शिविरकाे उपलब्धि भनेकाे हिमा गाउँपालिकामा स्थापना गरिएकाे आँखा उपचार केन्द्र हाे। जसबाट सेवा प्रवाह भइरहेको छ। त्यसैले हामीले सञ्चालन गरेका स्वास्थ्य शिविर नाम मात्रका नभइ कामका पनि भए।
केही दिन अगाडि मात्रै हामीले हिमाका दुईवटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छाैं। याे नमुनाकाे रुपमा प्रयाेग गरिएकाे हाे। अब विस्तारै सबै विद्यालयमा याे कार्यक्रम लागु हुनेछ। जसले गर्दा हिमा विश्व समुदायसँग ज्ञानकाे माध्यमबाट जाेडिनेछ।
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण गराइएकाे खण्डमा आम जनताकाे छाेराछाेरीले पनि राम्राे विषयमा उच्च शिक्षा हासिल गर्न पाउँछन्। प्राविधिक विषयकाे उच्च शिक्षा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ। नेपाली माध्यम पढेका गाउँघरका विद्यार्थी प्रतिस्पर्धामा सामेल हुनसमेत पाउँदैनन्। हिमामा दक्ष जनशक्तिको उपलब्धताकाे लागि पनि अंग्रेजी माध्यमबाट शिक्षा दिनुपर्छ भनेर कार्यक्रम ल्याएका हाैं।
प्राविधिक जनशक्तिमा गरीब जनताका छाेराछाेरीकाे पनि पहुँच पुगाेस्। उनीहरुकाे पहुँच विश्वबजारसम्म पुगाेस्। अहिले उच्च शिक्षामा प्रवेश पाउन अंग्रेजी शिक्षा चाहिन्छ।
हिजाे कुनैबेला फ्रान्सका पाेपहरुले पनि खस भाषालाई माध्यम भाषा बनाएकाे इतिहास पाइन्छ। त्याे हाम्राे शक्ति हुन्जेल चल्याे र शक्ति कम भएसँगै त्यसकाे दायरा साँघुराे हुँदै गयाे र आज त्याे भाषा बाेल्ने हामी कर्णालीमा सीमित छाैं। बेलायत शक्तिशाली हुँदा अंग्रेजी भाषा संसारभर फैलियाे। त्याे आजसम्म कायम छ। बेलायतले भारत कब्जा गर्न म्याकलेले 'अंग्रेजी पढ्नु भनेकाे सभ्य हुनु हाे' भने र भारतमा अंग्रेजी बाेल्न जान्ने मध्यम वर्गले आफूलाई अरुभन्दा श्रेष्ठ भएकाे घाेषणा गर्यो। त्यसले पनि बेलायतलाई भारत कब्जा गर्न सहज बनायाे। त्याे एक समय थियो, जतिबेला भाषाकाे माध्यमबाट संस्कृतिमा प्रहार गरेर पनि कुनै एक देशले अर्काे देशलाई कब्जा गर्न सक्थ्याे।
तर, अहिले समय बदलिएकाे छ। भाषाकै कारण देश कब्जा गर्न सम्भव हुँदैन। जहाँसम्म शिक्षालाई अंग्रेजी माध्यमसँग जाेडिएकाे छ, त्याे अहिलेकाे जमानामा देशकाे शिक्षा नीतिसँग जाेड्नु उपयुक्त हुन्छ। अबकाे श्रम बजार भनेकाे विश्वबजार हाे। त्यहाँकाे प्रतिस्पर्धामा अब्बल सावित हुन पनि माध्यम भाषा त चाहिन्छ नै। त्याे भनेकाे अंग्रेजी हाे।
अहिले हाम्राे देशमा विज्ञान तथा प्रविधिका विषयहरु अंग्रेजी माध्यमबाट पढाइ हुन्छन्। ती तहका जनशक्ति हाम्राे पनि हुनुपर्छ भनेर अंग्रेजीमा पढाउने नीति ल्याएका हाैं।
सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरुमा डिजिटल हाजिर गर्ने प्रक्रिया अगाडि बढाएका छाैं। त्यस अलवा विद्यालयकाे पठनपाठनलाई थप व्यवस्थित बनाएका छाैं। अब स्कुलमा कसैले ठगेर खान पाउँदैन। हामीले गरेकाे पहिलाे निर्णयलाई याे पहिलो वर्षमा कार्यान्वयन गर्न सक्यौं। यही नै उपलब्धि हाे।
अहिले हाम्रा लागि ठुलाे चुनाैती भनेकाे राेजगारीकाे अभाव हुनु हाे। हरेक वर्ष हिउँद लागेसँगै मधेस जानेकाे लर्काे थामिनसक्नु छ। याे समस्या समाधान गर्ने मामलामा हामी बेलाबेला चुकेका छाैं। अब हामीले माटाे सुहाउँदो अनुसन्धान गरी उत्पादन बढाउने विकल्पमा जान सक्नुपर्छ। त्यसका लागि राम्रा कृषि प्राविधिक चाहिन्छ। हामीले कृषि तथा प्राविधिक जनशक्ति बढाउने गरी तयारी गरिरहेका छाैं।
यहाँकाे उत्पादनले एक वर्ष पुरै धान्ने भयाे भने हामीले राेजगारीका अरु छुट्टै कार्यक्रम सञ्चालन गरिरहनु पर्दैन। अहिले हाम्राे कृषि क्षेत्रकाे उत्पादनबाट मुस्किलले छ महिना धान्छ। बाँकी छ महिनाकाे जाेहाे गर्न युवाहरु भारत जानु परिरहेकाे छ। छ महिनाबाट बाह्र महिना खान पुग्ने बनाउनका लागि हामी उपाय दिन्छौं। चाहिएकाे खण्डमा अनुदान पनि दिन्छौं। जनताकाे काम गर्ने इच्छाशक्ति हुनुपर्याे।
सिंजाली इतिहास घुम्ती व्यापारबाट सुसाेभियत भएकाे हुनाले हाम्रो व्यापार कलाकाे प्रयाेग गर्न चाहनेलाई पुरै राेक लाउन पनि सकिँदैन। अब हामीले सिंजाली व्यापार कलालाई केबल पेट पाल्ने पेशाकाे रुपमा मात्रै सीमित नराखेर अतिरिक्त आम्दानी कमाउने माध्यम बनाउनुपर्छ। त्यसका लागि स्थानीय उत्पादन राम्राे हुनुपर्छ।
हाम्रा खेतबारीमा परम्परागत अन्न फलाउन खाेज्दा तिनले राम्राे उत्पादन दिँदैनन्। त्यसका लागि उच्च तहकाे अनुसन्धान चाहिन्छ। त्याे तत्काललाई सम्भावना छैन। तर पाखाे बारीमा स्याउ, सिमी लगाउने हाे भने हामी आत्मनिर्भर हुन्छौं।
ओखर हाम्राे अर्काे सम्भावनाकाे क्षेत्र हाे। तेलकाे भाउ बढेर छाेइनसक्नु छ। हाम्रा स्थानीय तेल उत्पादन गर्न सकिने नगदेबाली र फलहरु लगाउनुपर्छ। जस्तै तिलखुडाे (सिलम), भाँगाे, ढँटेले, हाडे ओखर र गल्ने आरुबाट राम्राे तेल उत्पादन गर्न सकिन्छ।
हरेक गाउँले यस्ता उत्पादनलाई बढवा दिन सकेकाे खण्डमा पालिकाले तेल मिलका लागि लगानी गरिदिनेछ। यस्ता काममा रुचि देखाउनेकाे स्वास्थ्य उपचारकाे व्यवस्था हामीले नै गरिदिनेछाैं भने जग्गाको तिराे तिर्दासमेत सहुलियत दिनेछाैं। यसले गर्दा केही मात्रामा राेजगारी सृजना पनि गर्न सकिन्छ।
अहिले ठूला उद्याेगधन्दा खाेल्नलाई हामीसँग पर्याप्त मात्रामा बजेट छैन। तर निजी क्षेत्रले हिमामा उद्याेग खाेल्न चाहेकाे खण्डमा जग्गा उपलब्ध गराउने, कर छुट दिनेलगायतका सहजता हामी आफैँले गरिदिनेछाैं। यसबाट पनि राेजगारी सृजना गर्न सकिन्छ। हाललाई हिमामा विकास निर्माणका थुप्रै काम बाँकी छन्। त्यहाँ छुट्याइएकाे बजेटमा काम गर्ने युवाहरुले पनि केही मात्रामा आम्दानी लिन सक्नेछन्। हरेक वर्ष राेजगारीकाे अवसर र सम्भावनाका क्षेत्रहरु पहिचान गरिने नै छ।
हाम्राे महत्वाकांक्षी याेजना भनेकाे 'ग्रीन राेड, ग्रीन रीभर' अर्थात् सडक हरियाे र नदी पनि हरियाे याेजना हाे। याे याेजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा राेप्ने याेजना बनाएकाे छ। त्यसअनुसार पहिलाे वर्ष हामीले ५० हजार बिरुवा राेपेका छाैं। ती पलाएर हिमा हरियाे भएकाे हेर्न आउनलाई म निम्ताे दिन्छु।
देश संघीयतामा गएपछि स्थानीय तहहरुले वातावरणीय प्रभाव मूल्यांकन नगरी डाेजरे विकास मात्रै गरेकाे हुँदा डाँडापाखा झन् कुरुप हुन पुगेका छन्। त्यसमाथि बाढी, पहिराेकाे जाेखिम बढ्दै छ।
हिमा गाउँपालिका पनि बाढीपहिरो र भू-क्षयकाे उच्च जोखिममा पर्छ। जलवायु परिवर्तनले पानीका मुहान सुक्दै छन्। अन्नबाली उत्पादन घट्दै छ। वातावरण संरक्षणमा स्थानीय सरकारको प्राथमिकता छैन। त्यसैले हामीले बिरुवा राेपेर राेड र रिभरलाई ग्रीन बनाइछाेड्ने याेजना बनाएका हाैं। याे याेजनाले राेड र रिभर मात्रै नभएर नाङ्गा डाँडापाखासमेत हराभरा बनाउनेछ।
पालिका सरकारकाे प्रमुख भएर आएकाे याे पहिलाे वर्ष म गाउँपालिका महासंघको उपाध्यक्षमा निर्वाचित भएँ। याे मेराे व्यक्तिगत उपलब्धि मात्रै नभइ हिमाकै गाैरवकाे विषय थियाे। केन्द्रबाट निकै टाढाको विकट मानिएकाे भूगाेलबाट सिंगाे देशभरि गाउँपालिकाहरुकाे प्रतिनिधित्व गर्ने गाउँपालिका महासंघको नेतृत्व गर्दै गर्दा चुनावी खर्च विवरण नबुझाएका उम्मेदवार र निर्वाचित प्रतिनिधिलाई ताेकिएकाे चर्काे जरिवाना मिनाह गर्न हामीले खेलेकाे भूमिकाकाे लाभ देशभरका जनप्रतिनिधि र उम्मेदवारले लिन पाए। याे हिमाकाे उपलब्धि हाे। हामीले धेरै गाउँपालिकाका कयौं पदहरु रिक्त हुनबाट बचायाैं। त्यहाँ सरकारले उपनिर्वाचन गर्दा हुने खर्च जाेगायाैं। यसर्थमा हिमाले राज्यकाेष बचाउने कामकाे नेतृत्व पनि गरिरहेकाे छ।
पछिल्लो समय सरकारले आर्थिक मन्दीकाे कारण देखाइ वित्तीय समानिकरणकाे आधा रकम फिर्ता लिएकाे छ। यसले गाउँका तमाम विकास निर्माणका काम राेकिएका छन्। यही कारण गाउँमा जनप्रतिनिधिलाई निकै समस्या भएकाे छ। याे वर्ष बजेट निकासा गरेर अर्काे वर्ष कम बजेट पठाउँदा पनि हुन्थ्यो। तर अहिले हालेका याेजना काटिँदा समस्या भएकाे छ। यसकाे हामीले खुलेर विराेध गरिरहेका छाैं। केन्द्र सरकारले हाम्राे आवाज सुन्नुपर्छ। (लेखक शाही जुम्लाकाे हिमा गाउँपालिकाका अध्यक्ष हुन्।)
प्रस्तुति: महेश नेपाली