अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा लुआण्डामा ६ जनाको मृत्यु, ६ जना घाइते

अङ्गोलाको राजधानी लुआण्डामा आइतबार बिहान सबेरै अनियन्त्रित कारले भीडलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।  

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार तीव्र गतिमा रहेको कार चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि लुआण्डाको तालाटोना नगरपालिकाको कमामा क्षेत्र नजिकै उभिरहेका १२ जना पैदलयात्रीमा ठोक्किएर पल्टिँदा सो दुर्घटना भएको हो। 

राष्ट्रिय प्रहरी प्रवक्ता नेस्टर गोवेलले बताएअनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात घाइतेलाई उपचारका लागि लुआण्डा जनरल अस्पताल लगिएको छ। घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनापछि घटनास्थलबाट भागेका टोयोटा हिलिक्सका चालकको खोजी भइरहेको छ।

प्रकाशित मिति: : 2023-05-16 05:20:00

प्रतिकृया दिनुहोस्