टोपबहादुरको ट्रिकः मोबाइल दिएर सहयोगीलाई भारत पठाए, आफ्नो सेल्टर पोखरा बनाए

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ प्रहरी परिसरले २० वैशाखमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने समयमा टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा भाषण गरिरहेका थिए। कायक्रममै रहेको समयमा उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएको सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि उनले आफैं प्रहरीमा आउने सन्देश दिएका थिए। त्यसपछि कार्यक्रम सकेर रायमाझी संघीय संसदका सभामुख देवराज घिमिरेसँग काठमाडौं आउन अर्घाखाँचीबाट हिँडे।

रुपन्देहीसम्म घिमिरेसँगै उनी आए। तर, उनी सभामुख घिमिरेसँग काठमाडौं आएनन्। प्रहरीलाई सहयोग गर्ने बताएका उनले काठमाडौं त आएनन् नै मोबाइल नै अफ गरे फरार भए। मोबाइल अफ गरेर उनी कहाँ गए भन्नेसमेत प्रहरीले पत्तो पाएन।

काठमाडौं नआएर रायमाझी एक पूर्व सचिवालय सदस्यसहित पोखरा गए। त्यहाँ उनले सेल्टर खडा गरे। त्यसपछि उनले पोखरा पुर्‍याउने मान्छेलाई फोन दिएर भारत पठाए।

प्रहरीले टोपबहादुर पनि भारत पुगेको ठान्यो। त्यही अनुसार प्रहरी टोली भारत हानियो। उता भारतीय प्रहरीको सहयोगमा ती व्यक्तिलाई नेपाल प्रहरीले समात्यो। तर, टोपबहादुर पक्राउ फेला परेनन्। ती व्यक्तिलाई पक्राउ गरेपछि थाहा भयो टोपबहादुर पोखरामा भएको कुरा। 

त्यसपछि प्रहरी विषेश ब्यूरोको टोली पोखरा हानियो। प्रहरी पोखरा पुग्नुअघि उनी शनिबार (हिजो) राति पोखराबाट काठमाडौं छिरे छन्। त्यसपछि प्रहरीले पोखरामा राख्ने व्यक्तिकाे पिछा गर्‍यो।

ती व्यक्तिले टोपबहादुरलाई काठमाडौं छाडेर फेरि पोखरा हानिएछन्। उनलाई नियन्त्रणमा लिएपछि बल्ल प्रहरी टोपबहादुरसम्म पुग्यो। र, आइतबार साँझ मात्र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको पासिकोटबाट एक घरबाट पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2023-05-14 22:00:00

प्रतिकृया दिनुहोस्