बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरी उच्च स्रोतकाअनुसार रायमाझी आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका हुन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ गर्न सफल भएको हो। रायमाझी २० गते गृह जिल्ला अर्घाखाँचीमा कार्यक्रममा गएको समयमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
उनीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परिसकेका छन्। पक्राउ परेका सांसद रायमाझीका छोरा सन्दीप पक्राउ पुर्जी जारी भएको दिन बैशाख २० गते नै पक्राउ परेका थिए।
भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद आङटावा शेर्पासहित अझै तीन जना फरार रहेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया