 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                फरार सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीले संसद सचिवालयमा पठाएको बिरामी बिदा सचिवालयमा दर्ता भएको छैन। सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले बिरामी बिदा प्राप्त भए पनि दर्ता नभएको जानकारी दिए।
प्रवक्ता गिरीले प्राप्त भएको पत्र संसद अधिवेशनको अन्त्यमा सदनमा प्रस्तुत गरिने बताए। त्यसपछि सदनले बिदा दिने वा नदिने भन्ने टुंगो लगाउने छ। उनले भने,‘पत्र प्राप्त भइसकेपछि सबै पत्रलाई जम्मा (कलेक्सन) गरेर राखिन्छ। अधिवेशनको अन्तिम दिन सदनको अनुमतिका लागि प्रस्तुत गर्ने हो। अहिले उहाँको पत्र जस्ताको त्यस्तै छ।’
रायमाझी अहिलेसम्म चार वटा संसद बैठकमा अनुपस्थित भइसकेको छन्। उनको उपस्थिति निरन्तर १० वटा बैठकमा भएन भने उनलाई संसद सचिवालयले निलम्बन गर्न सक्ने कानुनी व्यवस्था छ।
संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था छ। सोही व्यवस्था अन्तरगत फरार सांसद रायमाझीको सांसद पदसमेत निलम्बन हुन सक्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले पक्राउ पुर्जी लिएको छ। तर, प्रहरीले रायमाझी फरार व्यक्ति भनेर संसद सचिवालयमा पत्र भने पठाएको छैन। प्रहरीले रायमाझीविरुद्ध वैशाख १० गतेदेखि पक्राउ पुर्जी लिएर खोजिरहेको छ।
भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्म पूर्व गृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टाेपबहादुर रायमाझीका छाेरा सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्द चौधरी, गोविन्द चौधरी, कुमार गुरुङलगायत रहेका छन्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया