बुधबार, १३ मे २०२६

शरणार्थी प्रकरणमा ३ वर्षअघि नै अख्तियारको निर्णय : भ्रष्टाचार देखिएन, तामेलीमा राख्नू

नक्कली भुटानी शरणार्थी प्रकरणका केही निर्णय प्रक्रियामा जोडिएका पूर्व गृहसचिव प्रेमकुमार राईले आफू अख्तियारको प्रमुख आयुक्त भएपछि त्यससँग सम्बन्धित गम्भीर उजुरीहरूमाथि अनुसन्धान गरेनन्, उल्टो आफूविरुद्धको उजुरीलाई आफैंले तामेलीमा पठाइदिए ।
अनलाइनखबर

अनलाइनखबर

कृष्ण ज्ञवाली, गौरव पोखरेल
News Image
• • •

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा सरकारी कार्यदलको किर्ते प्रतिवेदन तयार पारिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्रष्टाचार नदेखिएको’ भन्दै कम्तीमा पनि दुई पटक उजुरी तामेलीमा राखेको भेटिएको छ।

झापा र मोरङमा बाँकी रहेका शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्नेबारे अध्ययन गर्न गृह मन्त्रालयले बनाएको पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची तयार पारेर रकम उठाउने गिरोहले करोडौं रकम असुलेको भन्दै परेको उजुरी आयोगले अनुसन्धान विनै तामेलीमा राखेको पाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!