भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली
फाइल तस्बिर
फाइल तस्बिर

भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो।

“कम्तीमा २१ जनाको मृत्यु भएको छ,” नाम नबताउने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भने। 

मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए।

विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ।

प्रकाशित मिति: : 2023-05-10 05:44:00

प्रतिकृया दिनुहोस्