झापामा श्रीमान हत्या आरोपमा एक जना पक्राउ

सांकेतिक तस्बिर

झापामा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन्। कन्काई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई प्रहरीले ५३ बर्षीय श्रीमान टेक बहादुर कार्कीको हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको हो।

उनीहरूबीच बैशाख ८ गते बेलुका घरायसी बिषयमा विवाद हुँदा सुनिताले कुटपिट गर्दा टेकबहादुर घाईते भएका थिए। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार पश्चात घर ल्याएकोमा आइतबार बिहान घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

टेकबहादुरको मृत्यु भएपछि प्रहरीले सुनिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: : 2023-05-07 18:28:00

प्रतिकृया दिनुहोस्