धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु

धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ। लेटाङ नगरपालिका- ७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते भएका थिए।

गम्भीर घाइतेमध्ये मोरङको पथरी शनिश्चरे– २ का २५ वर्षीय मनोज दियाली विश्वकर्मा र गाडी धनी लेटाङ– ६ का ७४ वर्षीय जीवनकुमार श्रेष्ठको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत राति मृत्यु भएको हो। दिउँसो ४ बजे दुर्घटनामा परेको जिपमा ४ जना सवार थिए।

जिप सडकबाट १ सय मिटर तल खसेको थियो। एकान्त स्थानमा ठुलो आवाज आएपछि स्थानीयले हेर्दा दुर्घटना भएको देखेका थिए। बाँकी दुईमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: : 2023-05-04 17:35:00

प्रतिकृया दिनुहोस्