अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

Symbolic photo
Symbolic photo

एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन्।

घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको बताएका छन्। गोली लागेका पाँचैजना महिला रहेको बताइएको छ।

एटलान्टा औषधालय नजिक बन्दुकधारीले गोली हानेको बुझिएको छ। उनीहरूको अहिले मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि सीएनएनले उल्लेख गरेको छ। घटनामा संलग्न व्यक्ति पूर्व कोस्ट गार्ड्सम्यान रहेको बुझिएको छ। 

प्रकाशित मिति: : 2023-05-04 13:35:00

प्रतिकृया दिनुहोस्