मङ्गोलियामा ३५९,५०० हेक्टर जङ्गल डढेलोबाट नष्ट

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

मङ्गोलियामा यस वर्षको शुरुदेखि  छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको छ। 

राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक  २० वटा घर र एउटा गाडी जलेको छ। त्यस्तै ३,२७३ पशुपन्छी जङ्गलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ।

आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ। नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न  र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ।

यस्तै मङ्गलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स (प्रशासनिक उपविभागहरू) मा दुईवटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन्।
 

प्रकाशित मिति: : 2023-05-02 21:41:00

प्रतिकृया दिनुहोस्