जुम्ला रारा अल्ट्रा म्याराथनका फरक दृश्य 

BreaknLinks
BreaknLinks

वैशाख ११ गते जुम्लादेखि रारा तालसम्म ४९ किलोमिटरको दुरीकाे अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भयाे। जसलाई ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ नाम दिइएकाे छ। रुटमा उचाइको विविधता हुनुले जुम्ला रारा अल्ट्रा म्याराथन बाँकी दुनियाँका म्याराथनभन्दा फरक खालकाे छ।

चाैंथाे संस्करणमा आइपुग्दा म्याराथनले नयाँ उचाइ लिएकाे छ। खेल क्षेत्रकाे चर्चित वेवसाइड एसिया ट्रेल मास्टर डटकमले म्याराथनकाे विषयमा विश्वव्यापी रुपमा प्रचारप्रसारमा सहयोग गर्‍यो। उसले आफ्ना प्रतिनिधिसमेत पठायाे।

अथाह पर्यटक भित्र्याउन सक्ने लाेभलाग्दाे भूगाेल, भाैगाेलिक विविधता, सुन्दरता भएकाे क्षेत्रकाे रुपमा कर्णाली परिचित छ। तर, प्रचारप्रसार राम्राे नहुँदा साेचेजति पर्यटक भित्र्याउन नसकिएकाे स्थिति छ। कर्णालीकाे यही सिमिततालाई पूरा गर्न जुम्ला रारा अल्ट्रा म्याराथनकाे आयाेजना गर्न थालिएकाे आयाेजक संस्था कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए।

‘संसारका धेरै नागरिकहरुले यहाँकाे भू-बनाेटकाे प्रशंसा गरेकाे पाइन्छ। यहाँकाे भाैगाेलिक विविधता अझै पनि अध्ययनकाे विषय हाे। यस हिसाबले याे पर्यटनकाे उच्च सम्भावना भएकाे क्षेत्र हाे,’ उनले भने, ‘खेल क्षेत्रलाई पर्यटनसँग जाेड्याे भने प्रचारप्रसारमा थप टेवा पुग्छ। युराेप, अमेरिकाबाट जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुँदा ती क्षेत्रमा हाम्राे भूगोलकाे चर्चा हुने गरेकाे छ।’

उनले भनेजस्तै जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुन विदेशी पनि आए। उमेर पुगेका पाका मान्छे पनि आए। मधेसबाट पनि आए। स्थानीय सबै हिमालका थिए। ती सबैले प्रतियोगितामा भाग लिए। उनीहरु सबै सम्मिलित प्रतियाेगितामा देखिएका फरक खालका दृश्य यहाँ प्रस्तुत गरिएकाे छ।

रातभर रुखका जरानेर बस्दा बाँच्छु जस्ताे लागेन: रुमा चाैधरी

मेराे घर कैलाली हाे। भजनि नगरपालिकाकाे बसह गाउँमा बस्छु। म दाैडिने त गर्थें, भाग लिदैन थिएँ। याे दाेस्राे पटक प्रतियोगितामा भाग लिएकाे हाे। फेसबुकबाट जुम्लामा प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएकी थिएँ। जाउँजाउँ जस्ताे लाग्याे। फेसबुकमै राखेकाे नम्बरमा सम्पर्क गरेर जुम्ला पुगेकी हुँ। वैशाख ११ गतेकाे प्रतियोगिताकाे लागि निकै उत्साहित पनि थिएँ। दाैडिदै चुचामारे लेक पुगें। माैसम खराब भइरहेकाे थियाे। लेकमा हिउँ थियाे।

म हिउँमा चिप्लिएर लडें। निकै तल पुगें। त्यहाँ बाटाे थिएन। अगाडि पछाडिका साथीहरु कता गए थाहा भएन। म दाैडिएर गएकाे बाटाे पहिल्याउन सकिएन। आयाेजक टिमका दाइहरुसँग फाेन सम्पर्क त भयाे तर म कतातिरकाे जंगलमा छु थाहा भएन। त्यसरी नै दिन बित्याे। जंगलमा अँध्यारो हुँदै गयाे। पानी परिरहेको थियाे। रात पर्न लाग्याे। डर बढ्न लाग्याे।

भर्खर तराईकाे चर्काे गर्मी सहेर आएकी मलाई चिसाे सिरेटाेले सताउँदै लग्याे। डर र चिसाे दुबैले मेराे शरीर पुरै कापिरहकाे थियाे, झाँक्री कापे जसरी। चिसाे सिरेटाेले छाला काटेजस्ताे लाग्न थाल्याे। शरीरमा कपडा थिएन। एउटा पाेलिथिन थियाे। त्यसले खुट्टा छाेपें। रुखककाे मुनितिर गएर बसें। फाेन चार्ज सकिएला भनेर अफ गरिदिएँ।

त्यसपछि लगातार मरेकाे कल्पना गर्न थालें। बाँचिन्छ जस्ताे लाग्दैन थियाे। तर, पनि आशा त कहीँ न कहीँ हुँदाे रहेछ। यदी रातभरमा केही भएन भने म बाँचिहल्छु भन्ने लाथ्याे। चिसाेले मरिन्छ भन्ने नै डर थियाे। सानाे आशाले बाँचिदाे रहेछ। म बाँचे। रातभर मेराे मनमा खेलेका कुराहरु अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ।

बिहान भएपछि तल गाउँ देखियाे। गाउँतिर गएँ। आयाेजक टाेलीका दाइहरुसँग सम्पर्क भयाे। तर, गाउँकाे नाम थाहा नभएकाे हुनाले सही लाेकेसन दिन सकिएनँ। उहाँहरु जुम्लातिरका गाउँमा खाेज्न जानू भएछ। म मुगुतिरकाे गाउँमा झरें। म गाउँ पुगेपछि बल्ल थाहा भयाे म मुगुतिर छु। त्यसपछि म रारातिर लागें। अन्तिममा मैले अल्ट्रा राराकाे अन्तिम विन्दु पार गरें।

म हराएकाे कुराले धेरै जना चिन्तित हुनुहुँदाे रहेछ। सबैजना खुसी हुनुभयाे। आयाेजकले मलाई सहासी खेलाडीकाे नामले सम्मान गर्‍यो। रातभरकाे डर बिस्तारै हराउँदै गयाे। मनमा खुसी छाउँदै गयाे। म तराईमा बसेकी मान्छेलाई हिमालमा आएर दाैडिदा धेरै कुराकाे अनुभूति भयाे। याे अवसर मलाई जुम्ला रारा अल्ट्रा म्याराथनले दियाे।

भिर/पाखामा दाैडिएकाे हुनाले नै ४० वर्षकाे उमेरबाट प्रतियोगितामा भाग लिन थालें: उम्मकली बुढा

म हाल ४३ वर्षकी भएँ। जुम्ला रारा अल्ट्रा म्याराथन भएदेखि नै म हरेक वर्ष दाैडिदै आएकी छु। याे पटकसहित चार पल्ट म दाैडिएर जुम्लादेखि रारा पुगेकी छु। पहिलाे पटक मेराे पाेजिसन (स्थान) आठाैंमा थियाे। उमेर त्यसकाे पाँच गुणा बढी थियाे। अर्थात् म ४० वर्षकी थिएँ।

त्यतिबेला म छाेराकाे नागरिकता बनाउन बजार आएकी थिएँ। ज्वाइँ याे दाैड प्रतियोगिताकाे नाम दर्ता गराउने काम गरिरहनुभएकाे थियाे। के हाे भनेर साेधेपछि थाहा पाएँ।

साह्रै रहर लाग्याे। आँट आयाे। दाैडिन सक्छु जस्ताे लाग्याे। अनि भाेलिपल्ट कुर्ता सुरुवाल लगाएर दाैडिएँ। त्यसरी दाैडिदा पनि म आठाैं स्थानमा आएँ। आयाेजकले मलाई सम्मान गर्‍यो। त्यपछि म हरेक वर्ष दाैडिरहेकी छु।

म प्राय: घरकाे काममै व्यस्त हुन्छु। भिरपाखामा घाँस दाउरा गर्नु, घरधन्दा गर्नु मेराे नियमित काम हाे। त्यस अलवा सिजनमा यार्सागुम्बा टिप्न पनि गएँ। त्यतिबेला म अगाडि-अगाडि जान सक्थें। पाटनकाे लेक लाग्ने ठाउँमा मजासँग हिड्न सक्ने हुनाले पनि आँट बढेकाे हाेला। अनि, मलाई लाग्याे सजिलै रारा पुग्न सक्छु।

म पहिलो हुन्छु भन्दा पनि ममा दाैडिने हुटहुटी बढी हुनु हाे। त्यसैले नै मलाई दाैडिन प्रेरणा दिइरहेको छ। मैले दाैडिनलाई कुनै तालिम लिएकी छैन। तथापि, म्याराथन हुने खबर पाएँ भने कताकता जाउँजाउँ लागिहाल्छ। सराेज भाइहरुलाई खबर गर्छु। उहाँहरुले आउन भन्नुहुन्छ। घरकाे काम छाेडेर आइहाल्छु।

म दाेस्राे पटककाे प्रतियोगितामा चाैंथाे भएकी थिएँ। तेस्राे पटक पाँचाैं भएँ भने याे पाली फेरि चाैंथाे भएँ। हरेक वर्ष केही न केही पाेजिसन प्राप्त गर्दा साह्रै खुसी लाग्छ। याे प्रतियाेगिताले मलाई निकै हाैसला दिएकाे छ।

जुम्ला रारा अल्ट्रा म्याराथनकाे प्रचार गर्नु मेराे दायित्व हाे: शाश्वत राव(भारत)

म साउथ इन्डियाकाे मान्छे हुँ। तर, म हिमाञ्चल प्रदेशमा ट्रेनिङ गरिरहेकाे छु। नेपालमा म पहिलाे पल्ट आएकाे हुँ। नेपालकाे कर्णालीमा यस्ताे राम्राे प्रतियोगिता भइरहेको थाहा पाउँदा बहुत खुसी लाग्याे।

यसपाली म प्रतियोगितामा भाग लिन आउनुका साथै एसिया ट्रेल मास्टर डटकमकाे प्रतिनिधि भएर आएकाे हुँ। यस्ताे फरक खालकाे अल्ट्रा म्याराथन अन्त कतै छैन। ठाउँ पनि निकै सुन्दर छ। याे ठाउँका मान्छे पनि राम्रा छन्।

एउटा अल्ट्रा धावक भएकाे हुनाले मसँग थुप्रै ठाउँमा भाग लिएका अनुभवहरु छन्। तर, याे रेस विल्कुल फरक खालकाे छ। रेसकाे उचाइमा देखिने फरकपना नै यसकाे विशेषता हाे। २३ सय मिटरकाे उचाइबाट सुरु भएकाे प्रतियोगिता ३७ सय मिटरमाथि पुगेपछि ओरालाे झर्छ। फेरि २३ सयबाट उकालाे लाग्याे भने ४१ सय मिटरकाे उचाइमा पुगेर टुङ्गिन्छ।

कहिले अग्लाे लेकमा त कहिले तल बेसीमा झर्ने गर्दै प्रतियोगितामा भाग लिनु आफैंमा फरक खालकाे अनुभूति हाे। यस्ताे अन्त कतै पाइँदैन।

अन्तका प्रतियोगितामा पनि फरक खालकाे अनुभूति गर्न पाइन्छ। दिनभरि र रातभरि पनि दाैडिने अल्ट्रा म्याराथन छन्। तथापि, जुम्ला रारा अल्ट्रा म्याराथन फरक खालकाे छ। यस्ताे ठाउँमा दाैडिन आउनलाई म धेरै जनालाई भन्नेछु। मेराे काम याे रेसकाे विशेषता बाँकी दुनियाँलाई बताउनु हुनेछ।

प्रकाशित मिति: : 2023-05-01 17:30:00

प्रतिकृया दिनुहोस्