डिभी लट्रीको नतिजा वैशाख २३ मा

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२४ को नतिजा आउँदो मे ६ अर्थात् वैशाख २३ गते प्रकाशित हुने अमेरिकाको विदेश मन्त्रालय ब्युरो अफ कन्सुलर अफेयर्सले आफ्नो वेबसाइटमा जनाएको छ।

नतिजा प्रकाशित भएपछि अमेरिकी सरकारको आधिकारिक वेबसाइट Electronic Diversity Visa Program (state.gov) मा फाराम भर्दा प्राप्त कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिनेछ। अमेरिकी सरकारले हरेक वर्ष ५० हजार मान्छेलाई डाइभर्सिटी भिसा अन्तर्गत कानुनी रुपमा अमेरिकामा बसोबास गर्न र काम गर्न लग्ने गर्छ।

दक्षिण एसियामा नेपाल यस्तो सुविधा प्राप्त गर्ने एक मात्र देश हो।

प्रकाशित मिति: : 2023-04-26 18:40:00

प्रतिकृया दिनुहोस्