चिनियाँ प्रधानमन्त्रीद्वारा उच्च गुणस्तरीय विकासको प्रयासमा जोड

चीनका प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरीय विकासका लागि जोड दिएका छन् ।

राज्य परिषद्को अध्ययन सत्रको अध्यक्षता गर्दै उनले कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका निर्णय र योजनाहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र उच्च गुणस्तरको विकासमा निरन्तर प्रगति गर्न उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने क्षमतामा सुधार ल्याउने प्रयास गरिनुपर्ने बताएका छन्।

उक्त बैठकमा लीले नयाँ विकास दर्शनलाई पूर्णरूपले इमान्दारीपूर्वक सबै मोर्चामा लागू गर्ने र उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान दिनु सी चिनफिङको आर्थिक विचारको महत्त्वपूर्ण भाग भएको बताए।

उनले उच्च गुणस्तरको विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता लगायतका विषयमा विशेष जोड दिएका छन्।

नयाँ विकास दर्शनलाई आर्थिक र सामाजिक विकासका सबै चरणहरूमा लागू गर्न पहल गर्नुपर्ने पनि उनको धारणा छ।

गुणस्तरलाई प्राथमिकतामा राखेर कार्यकुशलतालाई प्राथमिकता दिनुपर्ने  भन्दै उनले सुधार र खुलापनलाई दृढताका साथ विकासको ढाँचामा रुपान्तरण गर्ने र जनताको जीवनस्तरलाई विभिन्न प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
 

प्रकाशित मिति: : 2023-04-25 05:44:00

प्रतिकृया दिनुहोस्