१० जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

बिएल संवाददाता

कोक्स बजार (बङ्गलादेश)
Photo: Agency
Photo: Agency

बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ।

कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताएअनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए। उनीहरु सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ।

स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शवको पहिचान हुन सकेको छैन।

लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्।

प्रकाशित मिति: : 2023-04-24 17:52:00

प्रतिकृया दिनुहोस्