पञ्जाबमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

बिएल संवाददाता

इस्लामावाद
File Photo
File Photo

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको हाे।

उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरित दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको प्ररम्भिक अनुसन्धानपछि दिएको छ। 

घटनामा कारमा सवार एकै परिवारका सातै जनाको मृत्यु भएको र घाइतेमध्ये एक जना रिक्सायात्री र अर्का एक जना बसयात्री रहेको प्रहरीले जनाएको छ। 

पाकिस्तानमा कमजोर सडक संरचना, पहाडी भूगोल र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनामा परी हरेक बर्ष हजारौँ नागरिकले अकालमा ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति: : 2023-04-24 05:29:00

प्रतिकृया दिनुहोस्