‘मिनी स्कर्ट’की डिजाइनर डेम बारबराकाे निधन

Photo: Agency
Photo: Agency

आजको दिनमा ‘मिनी स्कर्ट’ युवतीहरुको प्रिय पोसाक हो। यो पोसाककी डिजाइनर डेम बारबरा मेरी कवान्टको बिहीबार बेलायतकाे फर्ले ग्रीनस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको उनका परिवारले जानकारी दिएको रोयटर्सले जनाएको छ।

११ फरवरी १९३० को दिन लन्डनमा जन्मेकी कवान्टले सन् १९५० देखि आफ्नो करियर सुरु गरेकी थिइन्। र, सन् १९५५ मा मिनी स्कर्ट र हट प्यान्टलाई बजारमा उतारेकी थिइन्, जो समयक्रमअनुसार विभिन्न रुपमा युवतीहरुबीच आजसम्म लोकप्रिय छ।

फेशनको क्षेत्रमा उनको योगदानलाई सम्मान गर्दै बेलायत सरकारले सन् १९६६ मा ओबिइ अवार्ड (अफिस अफ द अर्डर अफ द ब्रिटिस एम्पायर) र सन् २००६ मा हेरियट वाट युनिभर्सिटिले मानार्थ विधाबारिधि (पिएचडी)को उपाधिले सम्मानित गरेको थियो।

प्रकाशित मिति: : 2023-04-16 06:20:00

प्रतिकृया दिनुहोस्