अमेरिकी रक्षामन्त्रालयका सूचना चुहाएको अभियोगमा एयरफोर्स कर्मचारी पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको रक्षा विभाग पेन्टागनका महत्वपूर्ण सूचना चुहाएको आरोपमा म्यासाचुसेट्स एयर नेशनफ गार्डसमा कार्यरत ज्याक तसेरालाई पक्राउ गरिएको छ।

२१ वर्षीय तसेरालाई अमेरिकी संघीय जाँचब्युरोका सुरक्षाअधिकारीले विहीबार उनकै आमाको घर मासाचुसेट्सबाट पक्राउ गरिएको हो।

साइबर ट्रान्सपर्ट सिस्टममा जर्निम्यानका रूपमा कार्यरत् तसेराले युक्रेन युद्धसँग सम्बन्धित योजना, सहकार्यलगायतका महत्वपूर्ण कागजात सार्वजनिक गरेको आशंका गरिएको छ।

तसेरालाई शुक्रबार बोस्टनस्थित अदालतमा पेस गरिने बताइएको छ। 

पेन्टागनका अत्यन्तै गोप्य दस्तावेज बाहिरिएपछि अमेरिकी सुरक्षामाथि नै प्रश्नचिन्ह लागेको छ। बाइडन प्रशासनमाथि अमेरिका र अमेरिकी जनताको सुरक्षालाई धरापमा पारेको भनेर विपक्षी रिपब्लिकनहरूले प्रश्न उठाएका छन्।

सन् २०२४ को राष्ट्रपति चुनावको अघिल्लो वर्ष यस्ता विषयहरू आउनु राष्ट्रपति बाइडन र उनको डेमोक्रेटिक पार्टीका लागि शुभ संकेत हैन।

प्रकाशित मिति: : 2023-04-14 04:05:00

प्रतिकृया दिनुहोस्