बिएल संवाददाता
दुई करोड घुस काण्डमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठपछि उनका भाइले मेडिकल माफिया दुर्गा प्रसाईंसँग गरेको टेलिफोन वार्ता बाहिरिएको छ।
दाइ ढाकाकुमारलाई पार्टीले कारबाही गरेपछि नाम नबताएका भाइले उनै प्रसाईंसँग सहयोगको याचना गरेका छन्।
गत पुसमा स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरूले २ करोड रूपैयाँ खोजेको भन्दै प्रसाईंसँग ढाकाकुमारले सहयोग मागेका थिए। प्रसाईंले पनि आफ्नो काम गर्ने शर्तमा उक्त रकम उपलब्ध गराइदिने वचन दिएको अडियो सार्वजनिक भएको थियो।
अडियोमा सुनिएको वार्तालापको चौतर्फी विरोध भएपछि रवि लामिछानेको निर्देशनमा रास्वपाले हिजो नै सांसद ढाकाकुमारलाई निलम्बन गरेको छ। उनीविरूद्ध स्वयम् लामिछानेले अख्तियार र प्रहरी गुहार्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्।
तर, सार्वजनिक भएको अर्को अडियोमा श्रेष्ठका भाइसँग प्रसाईंले २ करोडको प्रस्ताव गर्नेभन्दा २ करोड मागेर मन्त्री बनाउन खोज्नेहरू दोषी रहेको उल्लेख गरेका छन्। पार्टीले कारबाही गरेपछि सांसद पद जाने,पार्टीको साधारण सदस्यसमेत नरहने पक्का भएको उल्लेख गर्दै भाइले प्रसाईंसँग संवाद शुरू गरेपछि प्रसाईंले माग्ने ढाकाको भन्दा २ करोड माग्न लगाउने नेतृत्वको गल्ती बढी भएको बताएका छन्।
ढाकाको भाइले ‘यसो बुझिदिनुपर्यो’ भनेपछि प्रसाईंले ‘मैले के गर्नुपर्यो भन्नुस् न त’ भनेका छन्। ढाकाको भाइले भेट्न खोजेको बताएपछि उनले आफू वीरगञ्जको कार्यक्रममा रहेको जानकारी दिएर भरे भेट्न प्रस्ताव गरेका छन्। संवादको क्रममा प्रसाईंले ‘रवि लामिछानेहरू लुट्न’ आएको उल्लेख गरेका छन्। उनले ती भाइसँग सोधे, ‘मलाई एउटा चित्त नबुझेको कुरो। सांसद बनाउँदा र मन्त्री बनाउँदा पनि पैसो लिने पार्टी अध्यक्षहरूको काम ठीक भएन।’
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया