पत्रकारितामा तस्बिरको प्रमुख स्थान भएको कुरालाई कसैले नकार्दैन। पछिल्लो हप्ता विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले खिचेका तस्बिरहरुमध्ये सम्पादकको छनौटमा परेका केही तस्बिरहरु पाठकहरुको लागि रुचिकर हुने भएकोले यहाँ प्रस्तुत गरिएको छ:
तस्बिर- १. फ्रान्सको पेरिसस्थित आइफेल टावरको फोटो आफ्नो क्यामरामा कैद गर्दै एक पर्यटक।
तस्बिर- २. अमेरिकाको वासिङ्ग्टन डिसीस्थित ह्वाइट हाउस नजिक जमेको पानीलाई नाघ्दै एक बालक।
तस्बिर- ३. आइतबार इस्टर चाडको अघि पर्यटकहरुले प्रदान गरेको अण्डा फुटाएर मज्जा लिँदै लन्डनको एक चिडियाघरका बाघहरु।
तस्बिर- ४. सर्बियामा हिउँ परेको समय व्यायाम गर्दै एक युवक।
तस्बिर- ५. उज्बेकिस्थानमा उदाउँदै गरेको पूर्ण चन्द्रमा।
तस्बिर- ६. मनिलाको एक पशु अस्पतालमा आफ्नो खाना कुर्दै कुकुरहरु।
तस्बिर- ७. स्पेनको सडकमा एक कछुवा आफ्नो गन्तव्यतिर लाग्दै।
तस्बिर- ८. न्युयोर्कको एक अदालतमा आत्मसमर्पण गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्प।
तस्बिर- ९. अदालतमा सुनुवाइ भइरहेको समय ट्र्म्पको प्रतिक्षामा कुर्दै विभिन्न सन्चार माध्यमका पत्रकारहरु।
तस्बिर- १०. एक अज्ञात व्यक्तिले सडक किनारामा बनाएको ट्र्म्पको चित्र।
तस्बिर- ११. रुसी सेनालाई लक्षित गरेर एके- ४७ बन्दुकले गोली प्रहार गर्दै युक्रेनी सेना
फोटो साभार: रोयटर्स