श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते

File Photo
File Photo

पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको  छ भने रेल विभागका दुई कर्मचारी घाइते भएका छन्।

श्रीलङ्कामा रेल दुर्घटना हुनु सामान्य कुरा हो। तथापि, यस्ता दुर्घटनाहरूबाट घातक चोटपटकहरू भने कमै हुने गरेको पाइन्छ। 

रेल विभागका अनुसार श्रीलङ्कामा सन् २०२० मा २९, सन् २०२१ मा ३४ र सन् २०२२ को नोभेम्बरसम्ममा ४५ वटा रेल दुर्घटना भएका थिए।

प्रकाशित मिति: : 2023-04-08 05:17:00

प्रतिकृया दिनुहोस्