‘जोन्सन एण्ड जोन्सन’ आफ्ना उत्पादनमाथि लागेको आरोपको लागि ८ सय ९० करोड डलर क्षतिपूर्ति दिन तयार

फाइल तस्विर
फाइल तस्विर

अमेरिकाको प्रमुख औषधि कम्पनी जोन्सन एण्ड जोन्सनले आफ्नो उत्पादनहरुमाथि लागेको सबै आरोपको लागि ८ सय ९० करोड डलर क्षतिपूर्ति दिन तयार रहेको कम्पनीको कानुनी विभागका उपाध्यक्ष एरिक हसलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

सन २०२० मा कम्पनीको एउटा प्रमुख उत्पादन (बेबी पाउडर)ले छालाको क्यान्सर पैदा गर्ने आशंकामा बिक्री वितरणमा रोक लगाइएपछि कम्पनीको आयमा १६ प्रतिशतले गिरावट आएको छ। कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै कम्पनीका सम्पूर्ण उत्पादनहरु सतप्रतिशत सुरक्षित भएको र कुनै पनि वैज्ञानिक परीक्षणको लागि तयार रहेको बताएको थियो।

यसअघि मार्लबोरो चुरोटको उत्पादक फिलिप एण्ड मोरिसले आफ्नो उत्पादन प्रयोग गरेर बिरामी भएका सम्पूर्ण उपभोक्ताहरुलाई एक हजार करोड डलर क्षतिपूर्ति प्रदान गरेको थियो। स्मरण रहोस्, जोन्सन एण्ड जोन्सनको स्टक मूल्य न्युयोर्क स्टक एक्सेञ्जमा एक डलर बराबर एक सय ५८. ४९ छ।

प्रकाशित मिति: : 2023-04-05 17:30:00

प्रतिकृया दिनुहोस्