युक्रेनी बालबालिकालाई देश निकाला गरेकामा राष्ट्रसंघीय अधिकार परिषदद्वारा रुसको निन्दा

संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्ले मङ्गलबार रुसलाई युक्रेनी बालबालिका र अन्य नागरिकहरू जबरजस्ती आफ्नो नियन्त्रणमा रहेको इलाकामा हस्तान्तरण गरिएको बारे पहुँच र जानकारी उपलब्ध गराउन माग गरेको छ।

शीर्ष संयुक्त राष्ट्रसङ्घीय अधिकार निकायले मस्कोलाई 'युक्रेन वा रूसी सङ्घ भित्र नागरिक र अन्य संरक्षित व्यक्तिहरूको गैरकानुनी एवं तवरले जबर्जस्ती स्थानान्तरण र निर्वासन बन्द गर्न' माग गर्दै एक प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित मिति: : 2023-04-05 05:17:00

प्रतिकृया दिनुहोस्