डाेल्पामा नगरप्रमुख बुढाद्वारा धारा उद्घाटन !

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकाेट बगरमा निर्माण गरिएको पिउने पानीकाे धारा उद्घाटन गरिएको छ।

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय डाेल्पाकाे बीस लाख सहयोगमा बनाइएको तीन हजार लिटरकाे रिजर्भ ट्याङ्कीबाट विस्तार गरिएको धाराकाे नगरप्रमुख जनचन्द्र राेकायद्वारा उद्घाटन गरिएको हाे।

राेकायले धारा खाेलेर पानी पिएर खानेपानी धाराकाे उद्घाटन गरेका हुन्।

कुल एकसय सत्र धारा विस्तार गर्ने क्षमता रहेकाे ट्याङ्कीबाट हाल पच्चीस धारामात्र विस्तार गरिएको त्रिपुराकाेट बगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष भक्तसिंह कठायतले जानकारी दिए।

मुकुटेश्वर हिमालकाे फेदमा मुहान बनाइएको शुद्ध खानेपानी अब छिट्टै बजारभरी वितरण गरिने र खाेलाकाे अशुद्ध पानी पिउने बाध्यता हटेकाे कठायतकाे भनाई छ।

प्रकाशित मिति: : 2023-03-29 18:47:00

प्रतिकृया दिनुहोस्