नेपाल मुद्रा सङ्कलक संघ र ‘दि न्युमिस्टिक साेसाइटी अफ कलकता’ काे संयुक्त आयाेजनामा नेपालमा पहिलाे पटक अन्तर्राष्ट्रिय मुद्रा मेला–२०२३ आयोजना गरिएकाे छ।
विभिन्न देशहरूमा छरिएर रहेकाे मुद्राहरू एकत्रित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिएकाे मुद्रा मेला २७ मार्च अर्थात् सोमबारदेखि सुरु गरिएको हो।
तीन दिनसम्म सञ्चालन गरिएकाे उक्त मेलामा करिब २० वटा स्टलहरू राखिएका थिए। जसको प्रदर्शनी नेपाल कला परिषद्मा सञ्चालनमा भएकाे हाे। त्यही प्रदर्शनमा थिए, सितापाइलाका दिनेश प्रसाद आचार्य। जो प्रदर्शनीमा आएका मानिसहरूलाई आफूले संकलन गरेका बैंकनोट देखाउनमा व्यस्त थिए।
प्रदर्शनीमा सहभागी भएकाहरूलाई आफूले डिस्प्लेमा राखेका नाेटहरू कुन देशकाे र कुन समयमा निकालिएकाे भनेर बताउँदै थिए, उनी।
आफ्नाे डिस्प्लेमा राखिएका नाेटहरू अन्य डिस्प्लेमा भएका भन्दा अध्ययनका लागि याेग्य भएकाे उनकाे ठहर छ।
‘म केही महिना अघिमात्र भारतमा भएकाे मुद्रा मेलमा सहभागी भएँ, म धेरै देशकाे न्युमिस्टिक ग्रुपहरूमा छु। त्यहाँ मेराे कन्सेप्ट जस्ताे अरूले गरेकाे पाइनँ।’ डिस्प्लेमा राखिएका नाेटहरू देखाउँदै उनले भने, ‘त्यसकारण मैले संकलन गरेका विदेशी नाेट अध्ययनका लागि याेग्य छ।’
उक्त नाेटहरू विभिन्न देशले विभिन्न समयमा निकालेकाे बताउँदै उनी भन्छन्, ‘नाेटहरू खास दुई समयमा निकालिन्छन्। एउटा दैनिक प्रचलनका लागि ल्याइएकाे हुन्छ भने अर्काे कुनै ओकेजन अथवा इमर्जेन्सी तथा वारहरूमा निकालिएका हुन्छन्। जुन प्रथम र दाेस्राे विश्व युद्दकाे समयमा निकालिए। र यी सबै कलेक्सन मसँग छ।’
बाल्यकालदेखि नै विभिन्न देशहरूका नाेट तथा मुद्रा संकलन गर्दै आएका उनी विदेशीले दिएकाे नाेटबाट प्रभावित भई नाेट संकलन गर्न थालेकाे बताउँछन्।
‘कक्षा दशकाे परीक्षा सकेपछि बसन्तपुर घुम्न गएकाे थिएँ, त्यहाँ एउटा विदेशीसँग कुरा गर्दा यस्ताे नाेट देखेका छाै भन्दै मलाई पाँच डलर दिएर गए’, बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, त्यहीँबाट मैले पनि नाेटहरू संकलन गर्न थालेँ।’
यस्तै प्रदर्शनीमा आएका मानिसहरूलाई नाेटहरूमा भएका मन्दिरहरू चिनाउन व्यस्त देखिन्थे पाटनका साैगात महर्जन।
विगत १ दशक देखि पुराना मुद्रा तथा बैंकनाेट संकलन गर्न थालेका उनी हजुरबुबाका कारण पैसा संकलन गर्न थालेकाे बताउँछन्।
‘म सानाे छँदा हजुरबुबाले पुरानाे ट्यांकामा पैसाहरू राेखेकाे देख्थेँ। मलाई त्याे पैसा किन राख्नुभएकाे हाेला जस्ताे लाग्थ्याे। अनि पुराना नाेट कस्ताे हुन्छ भनेर खुल्दुली हुथ्याे’, उनले भने, ‘मैले पनि नाेट तथा सिक्काहरू नातेदारहरूबाट संकलन गर्दै जान थालेँ।’
मानिसहरूले पैसाकाे प्रयाेग गरेपनि त्यसमा कुन मन्दिरकाे फाेटाे हुन्छ भन्ने विषयमा चासाे नराख्ने हुँदा प्रदर्शनीमा मन्दिर नै आफ्नाे थिम भएकाे बताए।
‘मानिसहरूले दैनिक रूपमा पैसाहरू साटफेर गरिरहन्छन् तर पैसामा कुन मन्दिर छ। हामीले यसबारे ख्याल गरेका छैनाैँ’, उनले भने, ‘नेपाली रूपैयाँमा प्रायः विभिन्न प्रकारका मन्दिरहरूकाे चित्रहरू छन्।’ आफ्नाे डिस्प्लेमा राखिएका नाेटहरू देखाउँदै उनले भने, ‘याे पाँच रूपैयाँमा भएकाे मन्दिर काष्ठमण्डपमा भएकाे मन्दिर हाे। अनि दश रूपैयाँमा भएकाे गरूडकाे मूर्ति हाे।’
यसैगरी साेही प्रदर्शनीमा आफ्ना मुद्राहरू देखाउन व्यस्त थिए, कीर्तिपुरका मनाेज प्रधान।
लिच्छवीकालीन मुद्रादेखि आधुनिक मुद्रासम्म प्रदर्शीनमा छन्, उनकाे डिस्प्लेमा। मुद्रा संकलन गर्नु रूचिकाे विषय भएकाे बताउँदै उनले आफूसँग लिच्छवीकालीन राजा नरेन्द्रदेवकाे पालामा प्रचलनमा रहेका मुद्राहरू भएकाे बताए।
‘म सानैदेखि मुद्रा संकलनमा रूचि राख्थेँ, त्यही भएर पनि मसँग लिच्छवीकालीन मुद्राहरूसमेत छन्’, डिस्प्लेमा राखिएका पुराना मुद्राहरू देखाउँदै उनले भने, ‘मैले याे सब केही साथीहरूबाट पाएकाे छु त केही खाेजी गरेकाे छु।’
यस्तै उनी प्राचीनकालमा समेत नेपालमा धर्मबीच सहिष्णुता भएकाे बताउँछन्।
‘नेपालमा प्राचीनकालमा समेत धर्मबीच सहिष्णुता थियाे। पुराना समयकाे मुद्रामा एउटै सिक्कामा बाैद्ध तथा हिन्दु भगवानका मूर्तिहरूका आकारहरू छन्’, उनले भने, ‘यसले नेपालमा धर्मबीच सहिष्णुता थियाे भन्ने बुझाउँछ।’
यस्तै उही प्रदर्शनीमा काठमाडाैँका उदयमान ताम्राकार। उनी प्रदर्शनीमा आउने मानिसहरूलाई पुराना सिक्का चिनाउन र बैंकनाेटका महत्व बुझाउन व्यस्त थिए।
उनले पहिलाकाे तुलनामा नेपाली रूपैयाँकाे मूल्यमा धेरै गिरावट भएकाे बताउँदै साँढे ४ दशकअघि १० पैसामा हातभरि भरिनेगरी मिठाई खाएकाे अनुभव सुनाए।
‘मैले १० पैसामा हातभरि मिठाइ र जेरीस्वारी खाएकाे छु। सुन प्रतिताेला ४ सय रूपैयाँ थियाे। तर हाल नेपाली मूल्यमा धेरै गिरावट भएकाे छ’, उनले बिएल नेपाली सेवासँग भने।
उदयमानकाे सानैदेखिकाे इच्छा हाे, पुराना पैसा सम्हाल्नु र यसबारे अरूलाई जानकारी दिनु। ‘मलाई पुराना मुद्राहरूमा भएका बुट्टाहरू मनपर्ने भएकाले संकलन गर्छु र अरूलाई बताउँछु’, उनले भने।
उनी सिक्काले देशकाे इतिहास बाेक्ने हुँदा राज्यले समेत ध्यान दिनुपर्ने बताउँछन्। ‘देशकाे मुद्राहरूले इतिहास बाेकेकाे हुन्छ। यसकाे संरक्षण, संवर्द्धन हामीले गर्नुपर्छ। किनकी यसबाट देशकाे इतिहास थाहा पाउन सकिन्छ’, उनले भने, ‘राज्यले पनि यसबारे चासाे देखाएमा विदेशी कलेक्टर पनि आउँथे।’
पछिल्लाे समय नेपालमा पनि मुद्रा तथा बैंकनाेटकाे महत्व बढ्दै जान थालेकाे छ। सम्बधित निकायहरू पनि सकृय बन्दै गइरहेका छन्। नेपाल मुद्रा संकलक संघ पनि मुद्रा तथा बैंकनाेटकाे महत्वबारे दर्साउँदै मुद्रा संकलकहरूलाई प्राेत्साहन गरिएकाे छ।
यसबारे के भन्छन् संघका अध्यक्ष दिनेशराज मास्के, हेर्नुस् भिडियाेमा: