बिएल संवाददाता
राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्।
4जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ। 'आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ', सल्यानबाट दाङ आउदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने' दुर्घटनाको जोखिम उत्तिकै छ।'
सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ। त्यस्तै समय पनि धेरै लाग्ने गर्छ। 'धुलोले शरिर थपक्कै ढाकेको हुन्छ', मोटरसाइकल चालक लक्ष्मण केसीले भने 'खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ।'
विग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए।'धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्',उनले भने 'स–साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ।'
ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अबस्था छैन। पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ। यो आर्थिक बर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाई छ।
राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रबिधिबाट कालोपत्रे गरिएको हो। त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा विग्रिएको उहाँको भनाई छ। तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा विग्रिएको छ। तीन बर्षदेखि राप्ती लोकमार्गकालागि भनेर छुट्टै बजेट आउने गरेको छ।
चालु बर्षकालागि मात्रै बिभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ। सडकमा खाल्डाखुल्डी हुँदा चालु बर्षमा मात्रै तीन दर्जन बढिको दुर्घटनाबाट मृत्यु भइसकेको छ। यस सडकमा बर्षेनी करोडौं बजेट विनियोजन गरेको भएपनि काम भने नहुँने गरेको पाइएको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया