बिएल विशेष संवाददाता
टेक्सासको नेपाली समुदायका अगुवा कृष्ण लामिछानेको संदिग्ध मृत्यु छानबिनकै क्रममा रहेको बेला शनिबार अन्त्येष्टी गरिएको छ । परिवारको सहमति भन्दै स्थानीय नेपाली समुदायको अगुवाइमा गरिएको यो अन्त्येष्टीलाई लिएर परस्पर विरोधी मतहरू सार्वजनिक भएका छन् ।
अन्त्येष्टीको पक्षमा रहेकाहरूले जे हुन भै गयो , अब यो घटनालाई तन्काएर कहीँ पनि नपुगिने भएकाले अन्त्येष्टी सही भएको दाबी गरेको छ । उनीहरूको तर्क छ, अनुसन्धान गरिरहेको अर्भिङ प्रहरीले 'अनुसन्धान प्रारम्भिक चरणमा रहेको र यस बिन्दुमा त्यहाँ कुनै अपराधिक घटना भएको संकेत नभेटिएको जनाएको' छ, अनुसन्धानको निस्कर्ष आएपछि जे हुनुपर्ने त्यही हुँदै जानेछ ।'
तर, अन्त्येष्टीको विपक्षमा रहेकाले ' स्वर्गीय कृष्ण लामिछानेको मृत्यु संदिग्ध रहेको र उनको बृद्ध बाबुले छोराको मुख हेर्न आउनका लागि नेपालमा प्रक्रिया चलाइरहेकै बेला अन्त्येष्टी गरिनु न्यायोचित नभएको बताएका छन् । उनीहरू भन्छन्, अनुसन्धान जारी रहेकै बेला संकास्पद रहेको परिवारका सदस्यकै सहमतिमा अन्त्येष्टी गरिनुले घटनालाई थप रहस्यमय बनाएको छ । अझ यसमा टेक्सासका नेपाली समुदायका विभिन्न संघ-संस्था र अगुवाहरू नै लाग्नुले घटनालाई थप शंकाको घेरामा लगेको छ ।'
यही क्रममा के पनि प्रश्न उठाइएको छ भने, 'कतै यो घटनामा परिवारसहित समुदायका अगुवाहरूकै संलग्नता त छैन ? ' उनीहरू के पनि भनिरहेका छन् भने , ' समुदायको एक अगुवा यसरी घरमा चरम यातनाबाट मरिरहेको छ, यसबारे जानकार समुदाय र अगुवाहरू रमिता हेरिरहेका छन्, यस्तो रमिते समुदाय किन चाहिन्छ ?'
यसैबीच नेपालमा रहेको स्वर्गीय कृष्ण लामिछानेको परिवारले मृत्युमा लामिछानेकी श्रीमति र परिवारका अन्य सदस्य जिम्मेवार रहेको बताएका छन् । ब्रेक एन लिंक्ससँग सम्पर्कमा आएका भाइ कपिल लामिछाने भने, 'दाइको मृत्यु पारिवारिक चरम यातनाले भएको प्रष्ट छ । हामी बुबालाई पठाउने व्यवस्था गरिरहेकै बेला दाइको अन्त्येष्टी गरिनु र त्यसमा अझ समुदायका अगुवाहरू नै संलग्न हुनुले हामीलाई अरू दु:खी बनाएको छ ।'
'वृद्ध बुबा भनिरहनु भएको छ, एकपटक छोराको अनुहार हेर्छु। हामी त्यसको लागि व्यवस्था गरिरहेका छौ । तर, उता टेक्सासको नेपाली समुदाय भने वृद्ध बुबाको त्यो अन्तिम इच्छा पनि सुनिरहेको छैन । कस्तो समवेदनाहीन समाज हो?, हामीले बु्झ्न सकेका छैनौ', कपिलले भने ।
टेक्सासको नेपाली समुदायका अगुवा लामिछाने मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए । अर्भिङ प्रहरीले केही समयका लागि घटनास्थल आफ्नो नियन्त्रणमा लिएर घटनाको विवरण लिएको थियो ।
प्रहरीले घटनास्थललाई मात्र आधार बनाएर 'त्यहाँ कुनै अपराधिक घटना भएको संकेत नभेटिएको' जनाए पनि अनुसन्धान जारी रहेको बताएको छ । तर, घटना अनुसन्धानकै क्रममा रहेको बेला परिवारको सहमति भन्दै स्थानीय नेपाली सुमदायको अगुवाइमा लामिछानेको दाहसंस्कार गरिएको छ । ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा दाहसंस्कार गरिनुअघि अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
स्वर्गीय लामिछानेको दाहसंस्कार गरिए पनि उनको संदिग्ध मृत्युलाई लिएर उबब्जिएको आशंका र जन्मेका प्रश्नहरूको हल भएको छैन । अझ, छोराको मुख हेर्ने वृद्ध बुबाको अन्तिम इच्छाको पनि अपमान गर्दै समुदायकै सक्रियतामा जुन किसिमले हतारमा दाहसंस्कार गरियो, त्यसले यहाँको नेपाली समुदायका अगुवाहरूमाथि पनि प्रश्नहरू तेर्सिएका छन् ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया