अमेरिकामा कृष्ण लामिछानेको संदिग्ध मृत्यु: किन लुकाइदैछ कारण ?

BreaknLinks
BreaknLinks

अमेरिकाको टेक्सासको नेपाली सुमदायका अगुवा कृष्ण लामिछानेको मंगलबार उनकै घरमा भएको असामयिक निधनको खबरले यहाँको नेपाली समुदाय तरङ्गित भएको छ । संदिग्ध अवस्थामा भएको उनको  मृत्युलाई लिएर अनेक आशंका र प्रश्न उब्जेका छन् । 

असामयिक मृत्यु, अन्त्येष्टीको हतारो र नेपालबाट छोराको मुख हेर्ने बाबुको अनुरोध - यी तीन कुरालाई टाइमलाइनमा राख्दा घटना रहस्यमय बनिरहेकै बेला सामाजिक सञ्जालमा एक भिडियो क्लिप बाहिरिएको छ । सामान्य मानिसको पनि मन बैचैन बनाउने यो भिडियो क्लिपसँगै घटना थप पेचिलो बनेको छ ।

भिडियो घटना भएकै दिनको हो वा त्योभन्दा अघिको हो?, त्यो एकिन नभए पनि यसले चरम हिंसाको प्रमाण बोल्छ । भिडियोका पात्रहरू प्रष्ट चिनिदैनन् तर यो भिडियो क्लिपमा पीडक, पीडित र एक साक्षीको उपस्थिति अनुभव गर्न सकिन्छ । एक पुरूष चरम हिंसा भोगिरहेका छन्, एक महिला यस्तालाई त नुन खोर्सानी हालेर झुण्याएर मार्नुपर्ने भनिरहेकी छिन् भने पीडितका भाइ भनिएका व्यक्ति त्यसो नगर्ने आशयको भनाइ राखिरहेका छन् ।

कार्पेटमुनि कसिङ्गर थुपारेर कोठा सफा हुदैन
कोठा सफा गर्न कसिङ्गर नै थान्को लगाउनुपर्छ !

टेक्सासका नेपाली सामाजिक व्यक्तित्व कृष्ण लामिछानेको असामयिक निधनलाई लिएर अनेक आशंका र अफवाहहरू फैलिएका छन्। आशंकाको निवारण नभई अफवाहहरूको अन्त हुदैन । त्यसैले यथार्थ के हो, सम्बन्धित पक्षले बाहिर ल्याउनु नै वुद्धिमतापूर्ण कदम हुन्छ । अन्यथा, उनीमाथि भद्दा मजाक हुँदा उनीमाथि अन्याय त हुनेछ नै, दिवंगत आत्माले शान्ति पनि पाउँदैन।

त्यसैले, कार्पेटमुनि कसिङ्डर थुपारेर कोठा सफा भएको भ्रममा नपरौं । सम्बन्धित पक्षले सही किसिमले कसिङ्गर थान्को लगाएर यो प्रकरणलाई सफा गरौं ।

आमसञ्चारमा एउटा भनाइ छ, जे लुकाइन्छ, त्यो समाचार हो; जे देखाइन्छ त्यो विज्ञापन हो ।

लामिछानेको असामयिक निधनसँगै बाहिरिएको यो भिडियो घटनासँगै सम्बन्धित हो भनेर एकिन भन्न नसकिए पनि प्रहरीलाई अनुसन्धानका लागि उपलव्ध गराएमा सत्यतथ्य बाहिर आउन सक्छ । यसबाट प्रहरीले सजिलै तीन पात्रको पहिचान गरेर उनीहरूमार्फत् घटनाको सत्य तथ्य बाहिर ल्याउन सक्छ । 

तर, कुनै समय लामिछाने नै अध्यक्ष रहेको टेक्सास नेपाली समाज र यहाँका तथाकथित सामाजिक अभियन्ताहरू यो घटनालाई 'आखिर भैहाल्यो भनेर छोपछाप'तिर लागेका छन् । यसले पनि घटनालाई अरू संदिग्घ  र प्रश्नको घेरा अरू ठूलो बनाएको छ ।

घटनाको पहिलो पुष्टि गर्ने टेक्सास नेपाली समाज नै अन्त्येष्टीको हतारोमा लागेको छ । स्वर्गीय लामिछानेका बाबुको मुख हेर्ने इच्छालाई समेत बेबास्ता गर्दै शु्क्रबारका लागि तय गरिएको अन्त्येष्टी शनिबारका लागि सारिएको छ । किन सारिएको हो ?, यसको उत्तर दिन कोही पनि तयार छैन ।

दशा संकेत लिएर आउँछ, बाजा बजाएर हैन !
फेसबुकमा चोरको ठूलो स्वर गरेर केही फाइदा छैन !

अमेरिकाको नेपाली डायस्पोरामा पारिवारिक विखण्डन बढ्दो छ।यसका अनेक कारण होलान् तर मूल कारण 'टाउको नेपालमा,खुट्टा अमेरिकामा' हुनु नै हो।यस्तो समस्या सामान्य मान्छेकोमा भन्दा पनि आफूलाई अनेक नामका अभियन्ता भन्नेहरूकैमा बढी पाइन्छ ।अधिकांश अभियन्ताको घरमा बास हुँदैन,पुङ न पुच्छरको समाजसेवाको यो यात्राले उनीहरूलाई 'घर टाढा र बन नजिक'को स्थितिमा धकेल्दैछ।

प्रेम,यौनसम्बन्ध र विवाह थ्री इन वन कम्बोजस्तो थियो, अब त्यो कम्बोले काम गर्न छोड्दैछ।

दशा संकेत लिएर आउँछ, बाजा बजाएर हैन !

स्वर्गीय लामिछाने टेक्सासको नेपाली समुदायका मात्र हैन, अमेरिकाको नेपाली समुदायकै एक अगुवा सामाजिक तथा एनआरएन अभियन्ता हुन् । उनको निधनलाई लिएर विभिन्न  संघसंस्थाहरूले शोक विज्ञप्ती तथा शोक सन्देशहरू प्रकाशित गरेका छन् । तर, कुनै पनि संघसंस्थाले घटनाको सत्यतथ्य छानबिको माग गरेका छैनन्न । 

यसले के देखाउँछ भने यी संस्था र अगुवाहरू अमेरिकाको नेपाली समुदायमा मौलाएको पारिवारिक तथा सामाजिक विखण्डनका घटनामाथि पर्दा हालेर दण्डहिनतालाई प्रशय दिइरहेका छन् । अमेरिका जस्तो सभ्य र जवाफदेही मुलुकको हिस्सा भैसकेको नेपाली समुदायका लागि यो शोभा दिने कुरा हैन ।

यसैबीच स्वर्गीय लामिछानेका बाबुको राहदानी र भिसा नभएको कारण उनको छोराको मुख हेर्ने इच्छा पनि अधुरो नै हुने बताइएको छ ।  

स्वर्गीय लामिछनाेको शव यतिबेला शवगृहमा राखिएको छ भने पोष्ट मार्टमको रिपोर्ट अझै आइनसकेको बताइएको छ ।

हामीलाई प्राप्त भएको भिडियो क्लिप हामीले राख्न सकेनौं । हामी त्यो भिडियो यही घटनासँग सम्बन्धित हो भनेर एकिन पनि गर्न सक्दैनौ । तर लामिछानेको असामयिक निधनसँगै भिडियो क्लिप सार्वजनिक भएकाले यो संजोग मात्र हो भन्न नसकिएला कि। 
भिडियो संसाद भने यस्तो छ : 
 

महिला (आक्रोशित मुद्रामा) – किन नबोलेको भाईको अगाडि? किन अँ अँ गरेको ? भन्दिनु पर्यो नि त भाईलाई के हो ? हो कि होइन भनेर ?

पुरूष  (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) – सुन्नु न भाउजु । सधै पिटेरमात्र समस्याको समाधान त नहोला नि त फेरि ।

युवती (छोरी हुन सक्छिन) : आमाले त मार्नुपर्ने हो त्यसो गरेपछि । 

महिला (जंगिदै)  – चिरेर नुन खुर्सानी हाल्नुपर्ने हो । मेरो १८ बर्षको कमाई एक सुका छैन मसँग ।

पुरूष  (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) : हुन्छ नुन खुर्सानी हाल्दिनु न त । चिरेर हाल्दिनु ।

महिला : यसलाई नुन खुर्सानी हालेर झुण्डाउनुपर्ने हो ।

पुरूष  (भाइ भनेर सम्बोधन गरिएका व्यक्ति) :  ल झुण्डाइदिनुस् । घरमा झुण्डाइदिनुस् ल ।

महिला (श्रीमानसँग झगडा गर्दै) – यत्रो बर्ष मलाई मारिस् नि त ।

श्रीमान (पीडा मिसिएको आक्रोशमा) – किल मी । मलाई एनी टाइम एनी थोक हुनसक्छ । कसैलाई दोष न दे । मेरो …दोष हुन्छ ओके ।

महिला- छोरी : कसरी भन्न सकेको ?

महिला :  झुठ, अपराधी, पापी, मेरै कसम खाएर….

पुरूष : आइ एम गोइंग । मलाई कही जान पनि दिएको छैन…

.......

प्रकाशित मिति: : 2023-03-24 21:36:00

प्रतिकृया दिनुहोस्