चमकताभित्रको चिन्ता: अमेरिकी युवामा बढ्दैछ आत्महत्या प्रयास

BreaknLinks
BreaknLinks

विश्वभरका युवाहरूकाे लागि आकर्षणको केन्द्र बन्दै आएको छ, अमेरिकी जीवनशैली। एक त धनी देश, अर्कोतर्फ उदार र फैलिँदो समाज। अमेरिकी जीवन अनेकौँ सिमितताबाट दूर छ। जताततै प्रसिद्ध शैक्षिक संस्था। यस्तो समाजप्रति युवाहरूको आकर्षण हुने नै भयाे।

तर, त्यहाँ एउटा फरक चित्र छ, जुन हर–कोहीले नियाल्न आवश्यक छ। यसलाई बुझ्नको लागि सन २०११–२०२१ को रिपोर्ट पढ्नुपर्छ। अमेरिकी जीवनमा रमाइलो र सुविधा मात्रै होइन, पीडा पनि उतिकै संख्यामा छन्। संयुक्त राज्य अमेरिकाको अग्रणी स्वास्थ्य एजेन्सी सेन्टरफर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले तयार पारेको तथ्यांकले मानिसहरू डराएका छन्। युवाहरू थप विश्लेषणमा जुटेका छन्।

स्कुले विद्यार्थीहरूको विचार र चिन्तन समेटिएको उक्त तथ्यांकले प्रष्ट पार्छ कि ‘युवाहरू जोखिम’मा छन्। अमेरिकी हाई–स्कुलका विद्यार्थीहरूको पछिल्लो सर्वेक्षणअनुसार सन २०११ मा २८ प्रतिशत विद्यार्थीहरूले गहिरो पीडा भोगे। घरदेखि स्कुलसम्म पाउनुसम्म दुःख पाए। जबकी, सन् २०२१ मा यो संख्या बढेर ४२ प्रतिशत पुग्यो। कैयौँ विद्यार्थीहरूले मानसिक स्वास्थ्य कमजोर रहेको बताएका थिए।

सन २०११ मा गरिएको एक सर्वेक्षणअनुसार हाई स्कुलका १६ प्रतिशत विद्यार्थीहरूले आत्महत्याको प्रयासबारे गम्भीरतापूर्वक सोचिरहेका थिए भने सन २०२१ मा यो संख्या २२ प्रतिशत पुगेको थियो। अर्को अर्थमा भन्नुपर्दा लगभग एकतिहाई विद्यार्थीहरूले आत्महत्या गर्नेबारे गम्भीरतापूर्वक सोचेका थिए।

सन २०११ मा ८ प्रतिशत विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए। सन् २०२१ मा बढेर १० प्रतिशत पुग्यो। अर्को शब्दमा भन्ने हो भने सन २०२१ मा अमेरिकी हाई–स्कुलका १० मध्ये १ विद्यार्थीले आत्महत्याको प्रयास गरेका थिए। यो निकै डरलाग्दो आंकडा हो। अमेरिकी युवाहरू विशेषगरी हाई स्कुलका विद्यार्थीहरूको जीवन डरलाग्दो अवस्थामा छ। यो बाह्य चमक पछाडिको वास्तविक चिन्ता हो।

अमेरिकी युवा जीवनमा गहिरो दुःख र निराशा छ। अमेरिकी समाजले बढी आम्दानी र उपभोग हुँदाहुँदै पनि त्यहाँका युवामा किन यति धेरै दुःख भोग्नु पर्‍यो भनेर गहिरिएर विचार गर्नुपर्छ। यति मात्र होइन संयुक्त राज्य अमेरिकाका शीर्ष बाल स्वास्थ्य संस्थाहरूले बालबालिकाको मानसिक स्वास्थ्यको दृष्टिकोणबाट अमेरिकामा आपतकालीन वा मानसिक स्वास्थ्य आपतकालीन अवस्था रहेको चेतावनी दिएका छन्।

यस्ता तथ्याङ्क र चेतावनीलाई ध्यानमा राख्दै अमेरिकाले बाह्य आक्रमण त्यागेर आफ्नो समाजको आन्तरिक पीडा कम गर्न बढी ध्यान केन्द्रित गर्नुपर्छ। अमेरिकाबाट प्राप्त सरकारीस्तरको तथ्याङ्कमा आधारित सर्वेक्षण प्रतिवेदनले बाह्य रमझम पछाडि लुकेको पीडा दर्शाउँछ। विकासशील देशका युवाहरूले बाह्य चमकको भ्रमबाट बच्न कत्तिको महत्त्वपूर्ण छ भन्ने पनि देखाउँछ।

प्रकाशित मिति: : 2023-03-24 05:20:00

प्रतिकृया दिनुहोस्