माेदीकाे मानहानी गरेपछि राहुल गान्धीलाई अदालतले सुनायो जेल सजाय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अतिवाद दिनप्रति–दिन बढ्दै गइरहेको छ। हिन्दू–राष्ट्रवादको नाउँमा उनी आलोचना र टिप्पणीबाट टाढिएका छन्। भाजपाको अति–राष्ट्रवादले भारतीय समाजमा विभाजन ल्याएको छ।

प्रधानमन्त्री मोदीका खरो–आलोचकहरू अदालत धाइरहेका छन्। कतिपय जेलसम्म पुगेका छन्। बुधबार प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई दूईवर्षको जेल सजाय सुनाइएको छ।

सन् २०१९ को लोकसभा चुनाव प्रचारका क्रममा नेता गान्धीले ‘मोदी उपनाम’माथि टिप्पणी गर्दै भनेका थिए, ‘सबै चोरको उपनाम कि मोदी नै हुन्छ?’ त्यसपछि उनीमाथि भाजपाका कार्यकर्ताहरू जाइलागे र अदालतसम्म पुगे।

गुजरातको सुरतस्थित अदालतले ११ बजे फैसला सुनाउँदै नेता गान्धीलाई दोषी ठहर गरेको हो। साथै, अदालतले उनलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अधिकारसमेत दिएको छ।

अदालतबाट निस्किनुपूर्व जर्जले गान्धीलाई के भन्न चाहनुहुन्छ भनेर सोधे, उनले जवाफमा भने, ‘म जहिले पनि भ्रष्टाचारविरुद्ध बोल्छु। मैले जानाजानी कसैको विरुद्धमा बोलेको थिइनँ। यसले कसैलाई हानि गर्दैन।’

प्रकाशित मिति: : 2023-03-23 12:21:00

प्रतिकृया दिनुहोस्