यमनमा शान्ति स्थापनाका लागि भएको भिडन्तमा १० सैनिकको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

अरब विश्वको सबैभन्दा गरिब देश यमनमा लामो समयदेखि जारी युद्ध रोक्न कूटनीतिक प्रयासका बावजुद यमनमा पुनः जारी द्वन्द्वमा कम्तीमा १० सैनिकको मृत्यु भएको सैनिक स्रोतले एएफपीलाई जानकारी दिएको छ।

तेलका लागि धनी मारिब प्रान्त मुख्य युद्ध भूमिमध्ये एक हो। विगत एक वर्षदेखि युद्धविरामका कारण छिटपुट भिडन्तबाहेक शान्ति कायम छ। 

इरान समर्थित हुथी विद्रोहीले पहाडी क्षेत्रमा आक्रमण गरेको र त्यस क्षेत्रमा सेना परिचालन गरिरहेको दुई सैन्य स्रोतले एएफपीलाई जानकारी दिएका छन्।

'हुथी विद्रोहीले मारिबको दक्षिणमा पर्ने हरिब जिल्लामा आक्रमण गरेका र त्यस विद्रोहीले सफलता पाएको र यसका कारण दर्जनौं परिवार विस्थापित भएका छन्' नाम नबताउने शर्तमा एक सैनिकले बताए।

'झडपमा कम्तीमा १० जना सैनिकको मृत्यु भएको र कैयौँ आक्रमणकारीको मृत्यु भएको छ' स्रोतले भनेको छ। झडपको विस्तृत विवरण अर्का एक सैनिक अधिकारीले पुष्टि गरेका छन्।

सोही जिल्लामा कम्तीमा चार जना सैनिक मारिएको एक महिनापछि भएको यो लडाइँले साउदी अरब र इरानले कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्न सहमति जनाएपछि नयाँ आशामा ठेस पुगेको छ।
 

प्रकाशित मिति: : 2023-03-22 21:03:00

प्रतिकृया दिनुहोस्