नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्रीको बधाई

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। 

साथै उनले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-03-22 19:21:00

प्रतिकृया दिनुहोस्