ललितपुरमा एक्लो घोडा दौडाइयो (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

ललितपुरमा आज एक्लो घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। घोडेजात्राको अवसरमा प्रत्येक वर्ष पाटनमा एउटा घोडा दौडाएर छुट्टै जात्रा मनाउने प्रचलन रहिआएको छ।

हरेक वर्ष चैत कृष्णपक्ष औंसीका दिन मनाइने यो पर्व ललितपुरको महत्वपूर्ण मध्येको एक जात्रा मानिन्छ। पाटन मंगलबजारस्थित चिबहाल टोलस्थित भीमसेन गुठी च्योखलःका स्थानीय गुठियारहरुले परापूर्वकालदेखि मनाउने यो जात्रा मल्लकालीन राजा शिवसिंह मल्लको पालादेखि थालिएकोे विश्वास छ।

तस्बिरहरू:

प्रकाशित मिति: : 2023-03-21 16:36:00

प्रतिकृया दिनुहोस्