मलेसियामा फेब्रुअरीमा गाडीको बिक्री बढ्यो

बिएल संवाददाता

क्वालालम्पुर
फाइल तस्बिर
फाइल तस्बिर

मलेसियामा गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाइ पुगेको छ। 

गत वर्ष यसको सङख्या ४५ हजार ६२ युनिट  रहेको मलेशियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ।

एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर 55 हाजर पुगेको छ।

सो सङ्ख्या जनवरीमा ४९ हाजर ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो।

विश्वबजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको बिक्रीको मात्रा बढेको पाइएको छ।

प्रकाशित मिति: : 2023-03-20 18:39:00

प्रतिकृया दिनुहोस्