बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवाद मुद्दा नचल्ने भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलकाे कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो। महान्यायाधिवक्ताको कार्यालयले साेही प्रतिवेदनसम्बन्धी आज निर्णय गरेका हाे।
सरकारी वकिलकाे कार्यालयले अध्यागमन विभागमा रवि लामिछानेले राहदानी दुरुपयाेग गरेकाे पुष्टि हुने खालकाे कुनै प्रमाण नभेटिएकाे प्रतिवेदनमा उल्लेख गरेकाे छ। अमेरिकी हुनुअघि नेपाली नागरिक रहेकाेले उनलाई विदेशी नभई गैरआवासीय नागरिकसरह मान्नुपर्ने सरकारी वकिलकाे कार्यालयकाे ठहर थियाे।
लामिछानेले सन २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी अध्यागमन विभागबाट रद्द भइसकेको र नागरिकता पुन: प्राप्ति गरिसकेकोले मुद्दा चलाउनु नपर्ने कुरा उल्लेख गरिएकाे छ।
यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै रवि लामिछानेमाथि मुद्दा चलाउनुपर्ने भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया