बिएल संवाददाता
शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन्।
संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ।
इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन् भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन्। केही सवारी साधन कुच्चिएका छन्।
कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए। एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ। भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन्। भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ। भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया