ए डिभिजन लिग: आर्मीको दोस्रो जित, पुलिस क्लब र एनआरटी बराबरीमा रोकियो

'सहिद स्मारक ‘ए’ डिभिजन लिग' अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

शनिबार च्यासल फुटबल मैदानमा भएको उक्त खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले दोस्रो जित हात पारेको छ। आर्मीसँग फ्रेन्ड्स क्लब २- १ ले पराजय भएको हो। त्रिभुवन आर्मी फुटबल क्लबको जितका लागि खेलको २४ औँ मिनेटमा  जिलेस्पीजङ्ग कार्कीले हेडिङमार्फत उत्कृष्ट गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए। त्यस्तै, आर्मी क्लबका लागि  दीपकले इन्जुरी समयमा गोल गरे।

यता, फ्रेन्ड्स क्लबका लागि रफिक अमिनुले  गोल गरेका छन्। दोस्रो जितसँगै आर्मीले  ५ खेलमा ८ अंक जोडेको छ भने, फ्रेन्ड्सले क्लबले ५ खेलमा ४ अंक जोडेको छ।

उता, दशरथ रगंशलामा भएकाे खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम  एनआरटी) बराबरीमा रोकिएको छ। नेपाल पुलिस क्लबले आफनो पाँचौ खेलमा १ अंक जोडन सफल भएको छ। नेपाल पुलिस क्लबका लागि खेलको ७५ औँ मिनेटमा पाएको फ्रिकिकमार्फत  प्रताप गुरुङले गोल गरेर पुलिसलाई सफलता दिलाए। त्यस्तै एनआरटीका लागि खेलको ६४ औं मिनेटमा सन्जिब विष्टले गोल गरेका छन्।

५ खेलमा पहिलो अंक जोडेको नेपाल पुलिस तालिकाको १४ औँ स्थानमा छ भने, एनआरटी ५ खेलमा २ अंक जोडेर १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2023-03-18 17:01:00

प्रतिकृया दिनुहोस्