सिन्धुलीमा पहिराले च्यापिएर मृत्यु

सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ।

फिक्कल गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन्।

पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

प्रकाशित मिति: : 2023-03-16 19:49:00

प्रतिकृया दिनुहोस्