बिएल संवाददाता
दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन्।
बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन्।
विस्फोटक पदार्थले भरिएको गाडीमा आएका अतिवादीहरूले प्रहरी चौकी नजिकै रहेको गेस्ट हाउसमा आक्रमण गर्दा भवनको अधिकांश भाग ध्वस्त भएको पनि उनले बताएका छन्। पछिल्लो आक्रमणको जिम्मेवारी अल–शबाब चरमपन्थीहरूले लिएका छन्। यसैबीच स्वतन्त्र स्रोतले भने अझ बढी हताहत भएको बताएको छ।
सोमाली राष्ट्रिय सेना र क्षेत्रीय अधिकारीहरूले यस क्षेत्रमा लडाकुहरू विरुद्ध कारबाही गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण भएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया