
बिएल संवाददाता
दक्षिणी सोमालियामा मङ्गलबार भएको आत्मघाती आक्रमणमा कम्तीमा चार सैनिकको मृत्यु हुनाका साथै क्षेत्रीय गभर्नरसहित नौ जना घाइते भएका छन्।
बर्धेरे जिल्ला आयुक्त मोहम्मद वली युसुफले फोनमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार अल–शबाब आतङ्ककारीहरूले गेदो क्षेत्रको बर्धेरे सहरमा रहेको क्षेत्रीय अतिथि गृहमा आत्मघाती कार बम हमला गरेको बताएका छन्।
विस्फोटक पदार्थले भरिएको गाडीमा आएका अतिवादीहरूले प्रहरी चौकी नजिकै रहेको गेस्ट हाउसमा आक्रमण गर्दा भवनको अधिकांश भाग ध्वस्त भएको पनि उनले बताएका छन्। पछिल्लो आक्रमणको जिम्मेवारी अल–शबाब चरमपन्थीहरूले लिएका छन्। यसैबीच स्वतन्त्र स्रोतले भने अझ बढी हताहत भएको बताएको छ।
सोमाली राष्ट्रिय सेना र क्षेत्रीय अधिकारीहरूले यस क्षेत्रमा लडाकुहरू विरुद्ध कारबाही गर्ने तयारी गरिरहेका बेला उक्त आक्रमण भएको हो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया