को हुन् अमेरिकादेखि अरबसम्म चर्चामा रहेकी मीना कोटवाल ?

भारतीय समाचार पोर्टल द मूकनायककी संस्थापक मीना कोटवाल धेरै पढिने अखबार र सामाजिक सञ्जालमा एकछत्र छाइरहेकी छन्।

अमेरिकी अखबार द न्युयोर्क टाइम्सदेखि संयुक्त अरब इमिरेट्सको खलीज टाइम्ससम्ममा पत्रकार मीनाकाे चर्चा भइरहेको छ।

टाइम्सले मीना कोटवालको संघर्षको कथा कभरेज गर्दै उत्पीडित समुदायकी महिला–पत्रकारले कसरी भारतीय समाजमा जातीय पर्खाल तोडेर सफलता हासिल गरिन् भन्ने वर्णन गरेको छ। 

इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारिता सकेर 'जनताकाे आवाज' बाेलिरहेकी उनी भारती सञ्चार–जगतमा अब्बल देखिएकी छन्। पत्रकार मीनाले २०१७ देखि ०१९ सम्म बीबीसी हिन्दीमासमेत काम गरेकी थिइन्।

उनले दलित र पिछडिएका समुदायको आवाज उठाउन सन् २०२१ मा द मूकनायकको स्थापना गरेकी थिइन्। त्यसपछि उनले आफ्नो समाचार पोर्टलमा मूलधारका मिडियाले दबाइरहेका कैयाैँ समाचार छापिन्।

जर्नो मिररका अनुसार मीनाले लुकेका समाचारको पर्दाफास गर्दा सामाजिक सञ्जालमा धम्कीको सामना पनि गर्नुपऱ्यो। तर उनी निर्धक्क भएर आफ्नो पेशामा खटेर लागिरहिन्।

सञ्चार–संस्था स्थापनाकाे पीडा र हालकाे सफलता अमेरिकादेखि संयुक्त अरब इमिरेट्ससम्म चर्चा भइरहेकाे छ। अखबार र सामाजिक सञ्जालमा पत्रकार मीनाकाे स्टाेरी छापिएपछि 'द मूकनायक'सामु सहयाेगी हातहरू फैलिरहेका छन्। 

प्रकाशित मिति: : 2023-03-11 05:59:00

प्रतिकृया दिनुहोस्