सरकारले भारतबाट विषादीयुक्त तरकारी लिन लागेकाे भन्दै आन्दोलन

सरकारले नेपाली उत्पादनलाई वेवास्ता गर्दै भारतबाट विषादीयुक्त तरकारी लिन लागेकाे भन्दै आन्दोलन भएकाे छ। 

बुधबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिचन्द्रले तरकारी सडकमा फ्याकदैँ आन्दोलन गरेको हो। 

आन्दोलनकारीहरुले ‘जनतामारा सरकार मुर्दावाद, किसान मार्न पाईदैँन यस्तो सरकार चाहिदैँन, प्रचण्डेको पाराले दुख पाए साराले, भारतीय दलाल होसियार, भारतीय तरकारीमा बिषादी जाँच अनिवार्य गर, दलाल सरकार होसीयार’ लगायतका पम्पेलेट देखाउदैँ प्रर्दशन गरेका थिए। 

भारतबाट बिषादियुक्त तरकारी लिने कुरा गलत भएकाले र स्वदेशी उत्पादन लागु गर्नुपर्ने उनीहरुको माग छ। सरकारले विना जाचँ भारतीय तरकारी लिइरहे कडा आन्दोलन गर्ने उनीहरुले बताए। 

माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले भारतबाट विषादीयुक्त तरकारी लिन लागेको भन्दै आन्दोलन गरेको छ। 

 

प्रकाशित मिति: : 2023-03-01 16:18:00

प्रतिकृया दिनुहोस्