हलिउड गायक आर केलीलाई २० वर्षकाे कैद सजाय

नम्बर वान, आइ विस, स्लो डान्स, हनी लब जस्ता चर्चित गित का गायक रबर्ट सिल्वेस्टर केली अर्थात् आर केलीलाई सिकागोको फेडरल कोर्टले २० वर्षकाे कैद  सजाय सुनाएको छ।

सन् २०१९ मा उनी विरुद्ध लागेको १३ आरोप मध्ये ६ आरोपमा दोषी रहेकाे अदालतले निर्णय छ। उनी विरुद्ध नाबालिगलाई यौनजन्य क्रियाकलापमा सहभागी गराई त्यसको भिडियो बनाएको आरोप छ। 

यसकासाथै उनले आफ्नी १४ वर्षीया धर्मपुत्रीलाई यौनशाेषण गरेका थिए। उनले सन् २०२१ मा धोकाधडीको आरोपमा न्युयोर्कको एक अदालतबाट २० वर्ष कैद सजाय पाएकाे र हाल जेल सजाय भोगिरहेका गायक केली माथि यो अर्को आरोप पनि प्रमाणित भएको हो। 

उनीमाथि अमेरिकामा १६ वर्ष भन्दा कम उमेरकाे किशोरीसँग समझदारीमा यौनसम्बन्ध भए पनि बलात्कार मानिन्छ। नेपालमा भने यस्तै आरोपमा जेल परेका पल शाहलाई अदालतले सफाइ मानेको छ र उनको रिहाइमा फूलमाला र अबिरसहित भिडले स्वागत गरेको थियो। सायद यो नै नेपाल र अमेरिकाबीचको भिन्नता हो।

प्रकाशित मिति: : 2023-02-28 18:42:00

प्रतिकृया दिनुहोस्