श्रीलङ्काले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने

श्रीलङ्काको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ। 

सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन ९सीपीसी० ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन्।

विगत वर्षमा देशकै जेट ए–१ इन्धन उत्पादन हुने सपुगास्कण्ड आयल रिफाइनरीको सञ्चालन विदेशी मुद्रा अभावका कारण अवरुद्ध भएको गुणवर्द्धनेले बताएका छन्।

विदेशी मुद्रा  सञ्चिति अभावका कारण जेट ए-१ इन्धन आयात गर्नु पनि सीपीसीका लागि निकै ठूलो चुनौती रहेको उने बताएका छन्।

पछिल्ला महिनाहरूमा पर्यटक आगमन बढेका कारण श्रीलङ्का आउने विमानको सङ्ख्यामा वृद्धि भएको छ।  साथै श्रीलङ्काले कार्गो र यात्रुवाहक हवाइजहाजका लागि जेट ए-१ इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न आवश्यक  रहेकाले सो निर्णय लिइएको प्रवक्ताको भनाइ छ।

प्रकाशित मिति: : 2023-02-28 18:37:00

प्रतिकृया दिनुहोस्