सत्ता समीकरणमा फेरबदलको असर : अर्थतन्त्र थप शिथिल हुने चिन्ता, त्रासमा निजी क्षेत्र

लोकान्तर

राजु बास्कोटा

विश्वव्यापी आर्थिक मन्दीको असर पछिल्लो २ वर्षदेखि नेपाली अर्थतन्त्रमा पर्दै गइरहेको छ । रसिया–युक्रेन युद्धको असर, डलरको मूल्य बढ्दा त्यसको असर नेपाली अर्थतन्त्रमा विस्तार तर लामो समयसम्म पर्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको, वित्तीय संस्थाहरूमा तरलता अभाव चर्किएको सहितका कारण नेपाली अर्थतन्त्र शिथिल हुँदै गएको छ ।

विदेशी डलर सञ्चित कम हुँदै गएको, सरकारको ढुकुटीमा जगेडा कम हुँदै भएको, लक्ष्यको २५ प्रतिशतभन्दा बढी राजस्वमा गिरावट आउँदा कर्मचारी पाल्न पनि सरकारले आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आएको छ । सरकारले गत वर्षको वैशाखदेखि चालू वर्षको पुससम्म गरेको आयात प्रतिबन्धको असरले सम्पूर्ण अर्थतन्त्रलाई नै नकारात्मक असर परेको सहितका कारण अर्थतन्त्रका सूचक कमजोर हुँदै गएका देखिन थालेका छन् । भलै राष्ट्र बैंकले अर्थतन्त्र जोगाउन गरेको प्रयास केही प्रभावकारी हुँदा अहिलेसम्म टिकाउन सकिएको अर्थ मन्त्रालयकै एक उच्च अधिकारीको बुझाइ छ ।

प्रकाशित मिति: : 2023-02-28 10:51:00

प्रतिकृया दिनुहोस्