केपी ओली कप:  त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातोबाटाे युथ क्लब फाइनलमा 

शनि शाक्य

काठमाडौं
BreaknLinks
BreaknLinks

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातोबाटो युुथ क्लब फाइनल पुगेको छ। 

एन्फा कम्लेक्समा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो युथ क्लब फाइनलमा पुगेको हो। 

निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो भने सातोबाटो युुथ क्लबका लागि सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरेका हुन्।

 

 

प्रकाशित मिति: : 2023-02-27 13:10:00

प्रतिकृया दिनुहोस्